गुगल असिस्टेन्टले छिट्टै आवाज पहिचान गर्न सक्ने

  • Technology Khabar | १५ जेष्ठ २०७९, आईतवार
गुगल असिस्टेन्टले छिट्टै आवाज पहिचान गर्न सक्ने

काठमाडौं ।

गुगल असिस्टेन्टले छिट्टै आवाज पहिचान गर्न सक्ने भएको छ।

कम्पनीले एन्ड्रोइडका लागि लक्षित गुगल एपमा रहेको असिस्टेन्टमा उल्लेखनीय अपडेट गर्ने भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सुधारिएको गुगल असिस्टेन्टको अनुभवका लागि सिस्टमले यूजरको आवाजलाई पर्सनलाइज्ड स्पीच रिकग्निशनका लागि विश्लेषण गर्दछ।

यूजरको आफ्नै आवाज स्टोर तथा विश्लेषणले रेस्पोन्स टाइम तथा यूजरको आवाजमा सुधार ल्याएर धेरै सुनिएका शब्दलाई गुगल असिस्टेन्टसँग परिचित बनाउँछ।

यसबाहेका असिस्टेन्टले गुगलको सर्भरमा पनि पहुँच राख्छ जहाँ अन्य यूजरका बोलीको मोडलसँग नयाँ यूजरका बोली भिडाएर विश्लेषण गरिन्छ।

यो फिचरले अझ आधुनिक कमान्ड तथा कन्ट्याक्ट नेम रिकग्निशनलाई पनि सहयोग गर्ने जीएसएमएरिनाले जनाएको छ।

प्रकाशित: १५ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार