दश महिनामा पौने ४ अर्ब रुपैयाँमाथिका राउटर आयात, सबैभन्दा बढी चीनबाट

  • Technology Khabar | १४ जेष्ठ २०७९, शनिबार
दश महिनामा पौने ४ अर्ब रुपैयाँमाथिका राउटर आयात, सबैभन्दा बढी चीनबाट

काठमाडौं ।

-साजन सुवेदी

नेपालमा यो आर्थिक वर्षको शुरुवाती १० महिनामा ३ अर्ब ८८ करोड ३६ लाख ३५ हजार रुपैयाँ बराबरको राउटर आयात भएका छन्।

यो आँकडा अघिल्लो महिना अर्थात् फागुन मसान्तसम्म ३ अर्ब ४५ करोड ८० लाख ७२ हजार रुपैयाँ बराबर थियो।  यसरी हेर्दा १ महिनाको अवधिमा ४२ करोड ५५ लाख ६३ हजार रुपैयाँ बराबरका राउटर थपिएका देखिन्छ।

देशभित्र इन्टरनेट सेवाको बिस्तार र पहुँच बढेसँगै राउटरको आयातमा वृद्धि हुने क्रममा निरन्तर वृद्धि हुँदै गएको देखिएको छ। अनलाइन कक्षा तथा वर्क फ्रम होमका बेला खपत बढ्न शुरु भएको यो डिभाइसको माग तथा आयात त्यसयता बढ्दो क्रममा रहेको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को २०७९ वैशाख मसान्तसम्मको आँकडा अनुसार नेपालमा ११ लाख ३४ हजार ९०१ ओटा राउटर भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट ३ अर्ब ७४ करोड ६१ लाख ७२ हजार रुपैयाँ बराबरको ११ लाख ५ हजार १८४ ओटा राउटर आयात पाइएको छ।

यसपछि अमेरिकाबाट ८ करोड २९ लाख ७३ हजार बराबरको १७ हजार ३२३ थान, अस्ट्रेलियाबाट १ करोड ३२ लाख ७० हजार रुपैयाँ बराबरको ३ हजार ६०२, लिथुआनियाबाट ३५ लाख ५८ हजार बराबरको २ हजार २५० ओटा, बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १,७०० थान,  ताइवानबाट १ करोड ४२ लाख १२ हजार बराबरको २ हजार ९६३ ओटा राउटर आयात भएको तथ्याङ्क छ।

यसैगरी भारतबाट २२ लाख ९६ हजार बराबरको ७७८ थान, भियतनामबाट २१ लाख २७ हजार बराबरको ३९० थान, लात्भियाबाट १ करोड ३ लाख ९१ हजार बराबरको ६५९ थान राउटर भित्रिएको देखिन्छ।

यस्तै लाओसबाट ६ लाख ११ हजार बराबरको ४ थान, यूएईबाट १ लाख १५ हजार बराबरको २६ थान, थाइल्याण्डबाट १ लाख ७४ हजार बराबरको ३ थान, मलेसियाबाट ५ लाख ५८ हजार बराबरको ८ थान राउटर ल्याइएका छन्।

यस्तै मेक्सिकोबाट ८ लाख ६३ हजार बराबरको २ थान, बेलायतबाट १८ हजार बराबारको २ थान तथा जर्मनीबाट १७ हजार बराबरको १ थान राउटर आयात भएको तथ्याङ्क छ।

यसबाहेक जापान, कोरिया कतार तथा हङकङबाट ८ हजार देखि २ हजार रुपैयाँसम्मका २ देखि १ थानसम्म परिमाणका राउटर आयात भएको पाइएको छ।

प्रकाशित: १४ जेष्ठ २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार