विभिन्न कलरमा उपलब्ध हुने आईफोन १४ प्रोको फोटो बाहिरियो

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
विभिन्न कलरमा उपलब्ध हुने आईफोन १४ प्रोको फोटो बाहिरियो

काठमाडौं ।

आगामी आईफोन १४ प्रोको विभिन्न कलर अप्सनमा तस्बिरहरु बाहिरिएको छ। गत मार्चमा आगामी आईफोन १४ प्रोको पहिलो कम्प्युटर एडेड डिजाइन (सीएडी)का तस्बिरहरु अनलाइनमा देखिएको थियो।

अहिले डिजाइनर इयान जेल्बोले पर्पल, सिल्भर, ग्रेफाइट र गोल्ड कलरमा उपलब्ध आईफोन १४ प्रोका उच्च क्वालिटीको फोटो सार्वजनिक गरेको गिगमोचाइनाले लेखेको छ।

गोल्ड कलर बाहेक यो पटक पर्पल आईफोन १४ प्रोको विशेष कलरको रुपमा रहेको छ। पर्पल कलर भेनिला आईफोन १४ मोडलमा उपलब्ध गराइने छैन। आईफोन १४ प्रोका लागि थप विशेष कलरको विकल्प दिइने सम्भावना पनि रहेको छ।

मिडिया रिर्पोटका अनुसार आईफोन १४ प्रोमा ४८ मेगाफिक्सलको मूख्य क्यामरा हुनेछ । साथै सेल्फीका लागि विगतको भन्दा शक्तिशाली १२ मेगाफिक्सलको क्यामरा सहित बजारमा ल्याइनेछ।

फोनमा नयाँ पुस्ताको ए१६ बायोनिक चिपसेट हुनेछ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...