दोस्रो परीक्षण उडानपछि सुरक्षितरूपमा पृथ्वीमा फर्कियो बोइङको स्टारलाइनर

  • Technology Khabar | १३ जेष्ठ २०७९, शुक्रबार
दोस्रो परीक्षण उडानपछि सुरक्षितरूपमा पृथ्वीमा फर्कियो बोइङको स्टारलाइनर

काठमाडौं ।

बोइङको स्टारलाइनर पहिलो पटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)सँग डक गरेर सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। छ दिने बोइङ अर्बिटल फ्लाइट टेस्ट-२ मिसन न्यू मेक्सिकोमा अमेरिकी सेनाको ह्वाइट स्यान्ड्स मिसाइल रेन्जमा अवतरण गर्दै सो अन्तरिक्षयान परीक्षण अभियान समाप्त भयो।

यो पहिलो अमेरिकी क्याप्सुल हो जसले समुन्द्रमा नभई जमिनमा अवतरण गरेको छ। स्टारलाइनरले स्थानीय समयअनुसार २:३६ बजे आईएसएसबाट अनडक गर्यो र ६:०५ सम्ममा, यसले कक्षबाट बाहिर निस्कन आफ्ना थ्रस्टरहरूलाई फायर गरिरहेको थियो।

आईएसएसमा ८०० पाउण्ड भन्दा बढी उपकरण (केर्बल स्पेस प्रोग्राम प्लश खेलौना सहित) लिएर गएको अन्तरिक्ष यात्रुरहित स्टारलाइनरले ६०० पाउण्ड भन्दा बढी कार्गो फिर्ता ल्याएको इन्ग्याजेटले रिपोर्ट गरेको छ।

फिर्ता गरिएका वस्तुहरूमध्ये पुन: प्रयोग गर्न सकिने नाइट्रोजन अक्सिजन रिचार्ज प्रणाली ट्याङ्कहरू थिए, जुन आईएसएसबाटमा भएकाहरूलाई हावा उपलब्ध गराउन प्रयोग गरिन्छ। तिनीहरूलाई पुन: भरिनेछ र पछि स्पेस स्टेशनमा फिर्ता लगिनेछ।

अन्तरिक्ष यानको पहिलो परीक्षण उडान २०१९ मा भएको थियो। यो कक्षमा पुग्दा, स्वचालन प्रणालीको समस्याले थ्रस्टरहरूलाई फायरिङ गर्नबाट रोकेको थियो, जसलेगर्दा स्टारलाइनरले आईएसएससँग डक गर्न सकेन।

त्यस्तै गत वर्ष दोस्रो परीक्षण उडानको प्रयासलाई प्रोपल्सन प्रणाली भल्भ समस्याका कारण खारेज गरिएको थियो, जसले गर्दा नौ महिना ढिलाइ भयो। यसबीचमा, प्रतिस्पर्धी स्पेसएक्सले आईएसएमा पहिलेको योजना भन्दा बढी चालक दलको यात्राहरू सञ्चालन गरेको थियो।

यस उडानबाट प्राप्त डाटाको मूल्याङ्कन गरेपछि, बोइङले अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा लैजान र पृथ्वीमा फिर्ता ल्याउने चालक दलका उडानहरू योजना सुरु गर्न सक्षम हुनेछ। न्यूयोर्क टाइम्सकाअनुसार नासाले यस गर्मी महिनाहरुमा स्टारलाइनरमा उडान गर्ने अन्तरिक्ष यात्रीहरूको घोषणा गर्ने र यो मिसन वर्षको अन्त्य हुनु अघि नै हुन सक्ने उल्लेख गरेको छ।

प्रकाशित: १३ जेष्ठ २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • १३ जेष्ठ २०७९, शुक्रबार