४१ हजार ९९९ भारु पर्ने इलेक्ट्रिक स्कुटर सार्वजनिक

Technology Khabar १२ जेष्ठ २०७९, बिहीबार

४१ हजार ९९९ भारु पर्ने इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं ।

ग्रेटा इलेक्ट्रिक स्कुटरले भारतमा बुधबार ग्रेटा हाईर जेडएक्स सिरिज आई इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ।

कम्पनीले ग्रेटा हाईर जेडएक्स सिरिज आई इलेक्ट्रिक स्कुटर ४१ हजार ९९९ भारु (एक्स-शोरुम) मूल्यमा सार्वजनिक गरेको हो।

साथै कम्पनीले प्रि-बुकिङ अफरको रुपमा २ हजार रुपैयाँको छुट प्रदान गरिरहेको छ।

कम्पनीले हाल स्कुटर मात्र उत्पादन गरिरहेको छ। इलेक्ट्रिक स्कुटरको ब्याट्री भने छुट्टै किन्नु पर्छ। त्यसका लागि उभोक्ताले अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्छ। कम्पनीले स्कुटरको ब्याट्री र चार्जरमा छुट्टा छुट्टै विकल्प दिएको छ।

उपभोक्ताको चाहनाको आधारमा चार्जरको मूल्य ३ हजार भारुदेखि ५ हजार भारुसम्म तोकिएको छ।

ब्याट्री र मूल्य

कम्पनीले ब्याट्रीको मूल्य न्यूनतम १७ हजार भारु र अधिकतम ३१ हजार भारु तोकेको छ।

६० किलोमिटर रेञ्ज प्रदान गर्ने भी२ ४८भी-२४एएच ब्याट्रीको मूल्य १७ देखि २० हजार भारु तोकिएको छ।

१०० किलोमिटर रेञ्ज प्रदान गर्ने भी३ ४८भी-३०एएच ब्याट्रीको मूल्य २२ हजार देखि २५ हजार भारु तोकिएको छ।

६० किलोमिटर रेञ्ज प्रदान गर्ने भी२प्लस ६०भी-२४एएच ब्याट्रीको मूल्य २१ हजार देखि २४ हजार भारु तोकिएको छ।

१०० किलोमिटर रेञ्ज प्रदान गर्ने भी३प्लस  ६०भी-३०एएच ब्याट्रीको मूल्य २७ हजार देखि ३१ हजार भारु तोकिएको छ।

ओप्टिमाइज्ड चार्जिङ प्रविधिमा आधारित ब्याट्री ५ घण्टामा फुल चार्ज हुन्छ। फास्ट चार्जरको सहायताबाट ३ घण्टामा ८० प्रतिशत ब्याट्री चार्ज हुने ड्राइभस्पार्कले लेखेको छ।

यो इलेक्ट्रिक स्कुटर कुनै पनि पावर प्लगबाट चार्ज गर्न सकिने कम्पनीको दावी छ।

फिचर र रेञ्ज

स्कुटरमा इको, सिटी र टर्बो मोड दिइएको छ। ईको मोडमा १०० किमी, सिटी मोडमा ८० किमी र टर्बो मोडमा ७० किलोमिटरसम्मको रेञ्ज दिन्छ।

स्कुटरमा एलईडी हेडलाइट, एलईडी टेल लाइट, एलईडी डीआरएल, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ।

सेफ्टी फिचरका लागि इलेक्ट्रोनिक ब्रेकिङ सिस्टम, एन्टी थेफ्ट अलार्म र फाइन्ड माइ मेहिकल अलार्म पाउन सकिन्छ। यसका साथै किलेस स्टार्ट/स्टप र यूएसबी पोर्टलगायत आधुनिक फिचर छ।

ग्रेटा मोटरले मार्चमा ग्लाइड ईस्कुटर ८० हजार भारु (एक्स-शोरुम) मूल्यमा सार्वजनिक गरेको छ।

ग्रेटा ग्लाइडले फुल चार्जमा १०० किलोमिटरको रेञ्ज दिने ड्राइभस्पार्कमा उल्लेख छ। स्कुटरमा रहेको लिथियम आयन ब्याट्री साढे २ घण्टामा १०० प्रतिशतसम्म चार्ज हुन्छ।

प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार

Sajilo Visa
तपाइको प्रतिक्रिया