
काठमाडौं ।
इलेक्ट्रोनिक्स ब्राण्ड सीजी अन्तर्गत ‘सीजी मेरिडिया’को आईओटी इन्भर्टर एसीको बजारमा बिक्री सुरू भएको छ।
डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम जडित सीजी मेरिडिया आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्दछ । डिजिटल इन्भर्टर जडान भएकाले विद्युत खपतलाई कम गर्दछ भने स्मार्ट कन्ट्रोल अन्तर्गत वाईफाई र एआई भ्वाइस कन्ट्रोल मार्फत यस एसीलाई चलाउन सकिन्छ।
६० डिग्रीको उच्च परिवेश तापक्रममा अति शीतल र २० डिग्रीको उच्च परिवेश तापक्रममा अति न्यानो बनाउन सक्ने यसको विशेषता रहेको छ। सेल्फ डायग्नोसिस, उच्च क्षमता, पर्यावरणमैत्री आदि विशेषता भएको एसीले लिकेजहरू समेत पत्ता लगाउने कम्पनीले जानकारी दिएको छ।
१८ डेसिबलको हावाको गतिका कारण निकै शान्त रहने एसीमा फोटोसेन्सिटिभ सेन्सर जडान भएको छ। गुगल एसिस्टेन्टबाट समेत चलाउन सकिने यस स्मार्ट एसीका लागि एन्ड्रोइड र आइओएस डिभाइस दुवैका लागि सीजी स्मार्ट होम एप पनि डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।
प्रकाशित: १२ जेष्ठ २०७९, बिहीबार