
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा सबै सरकारी कारोबारहरु डिजिटल माध्यमबाट गर्ने भएको छ।
सरकारको आगामी नीति तथा कार्यक्रम आज संयुक्त संसदको बैठकबाट सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी कारोबारहरुलाई डिजिटल गर्ने घोषणा गरिन्।
“डिजिटल बैंकिङ्गको अवधारणा अन्तरगत राष्ट्रिय भुक्तानी प्रणालीलाई सुदृण गरी सबै राष्ट्रिय वित्तिय कारोबारलाई डिजिटल माध्यमबाट गरिनेछ,” उनले भनिन्।
यसका साथै उनले कृषिमा सूचना प्रविधिको प्रयोग बढाईने समेत जानकारी दिईन्।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार