गुच्चीपछि अब लक्जरी घडी निर्माता ट्याग ह्युअरले पनि क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी लिने

  • Technology Khabar | ११ जेष्ठ २०७९, बुधबार
गुच्चीपछि अब लक्जरी घडी निर्माता ट्याग ह्युअरले पनि क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी लिने

काठमाडौं ।

लक्जरी वाच निर्माता स्विस ब्राण्ड ट्याग ह्युअर अब क्रिप्टोकरेन्सीमा भुक्तानी स्वीकार गर्ने ब्राण्डको सूचीमा समावेश भएको छ।

कम्पनीले जम्मा १२ ओटा क्रिप्टोकरेन्सीलाई भुक्तानीको विकल्पका रुपमा राखेको छ जसमा बिटक्वाइन, इथर तथा डजिक्वाइनलगायत ५ ओटा स्टेबल क्वाइन पनि समावेश छन्।

विश्वका अधिकांश कम्पनी वेब३ तर्फ तीव्रताका साथ अगाडि बढिरहेका बेला ट्याग ह्युअर पनि यो सूचीमा समावेश हुनुलाई स्वाभाविक मान्न सकिने ग्याजेट्स३६० ले जनाएको छ।

क्रिप्टो भुक्तानी सेवा शुरू गर्नका लागि ट्याग ह्युअरले बिटपे क्रिप्टो भुक्तानी सेरवा प्रदायकसँग सम्झौता पनि गरेको छ। जसअनुसार १० हजार डलर वा त्यसभन्दा माथिका घडीको खरिद गर्दा क्रिप्टोकरेन्सीमार्फत्  भुक्तानी गर्न सकिने जनाइएको छ।

क्रिप्टोकरेन्सीले विगत केही वर्षमा निकै तीव्रताका साथ छलाङ मारिरहेको छ। यसैलाई मध्यजनर गर्दै ट्याग ह्युअरले क्रिप्टोकरेन्सी भुक्तानीको मार्गप्रशस्त गरेको हुनुपर्ने आकलन गरिएको छ।

एउटा ब्लग पोस्टमा कम्पनीले डिजिटल करेन्सी नियमित प्रयोग वा कारोबार गर्ने ग्राहकको संख्या लगातार बढिरहेको उल्लेख गरेको थियो। यसैलाई हेरेर पनि ट्याग ह्युअर ई-कमर्स तथा रिटेल स्पेसमा भइरहेको यो ठूलो परिवर्तनको ठूलो खेलाडी बन्न खोजिरहेको बुझिएको छ।

यसअघि लक्जरी फेशन ब्राण्ड गुच्चीले पनि आफ्ना अमेरिकाका स्टोरमा क्रिप्टोकरेन्सीमार्फत् भुक्तानी स्वीकार गर्ने घोषणा गरेको छ।

शुरुमा गुच्चीले बिटक्वाइन, बिटक्वाइन क्याश, इथेरियम, र्याप्ड बिटक्वाइन, लाइटक्वाइन, डजिक्वाइन र शिबा इनुसहित अमेरिकी डलरसँग सम्बद्ध ५ ओटा स्टेबल क्वाइनमार्फत् भुक्तानजी लिने ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

प्रकाशित: ११ जेष्ठ २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अनर प्ले११ प्लस र प्ले१० ५जी सार्वजनिक

  • Technology Khabar
  • ११ जेष्ठ २०७९, बुधबार