
काठमाडौं ।
मिडियाटेकले आफ्नो पहिलो एमएमवेभ फाइभजी चिपसेट डाइमेन्सिटी १०५० चिपसेट सार्वजनिक गरेको छ।
एमएमवेभ तथा सब-६गिगाहर्जको प्रयोगबाट हुने डुअल कनेक्टिभिटीमार्फत् डाइमेन्सिटी १०५० ले स्मार्टफोन प्रयोगकर्तालाई आवश्यक स्पीड र क्षमता प्रदान गर्ने कम्पनीले जनाएको छ।
टीएसएमसीको ६ एनएम प्रोसेसमा बनेको अक्टाकोर सीपीयूयुक्त यो चिपसेटमा ब्याण्डहरुबिच माइग्रेट गर्न एमएमवेभ फाइभजी तथा सब-६गिगाहर्जको संयोजन रहेको डिजिटाइम्सले उल्लेख गरेको छ।
यो चिपसेटले एलटीई तथा एमएमवेभको मात्रै संयोजन भएका स्मार्टफोनको तुलनामा ५३ प्रतिशत फास्ट स्पीड तथा पहुँच प्रदान गर्ने कम्पनीको दावी छ।
डाइमेन्सिटी १०५० मा दुई ओटा आर्म कर्टेक्स-ए७८ सीपीयू तथा अत्याधुनिक आर्म माली-जी६१० ग्राफिक्स इन्जिन समावेश गरिएको छ।
‘डाइमेन्सिटी १०५० तथा सब-६ गिगाहर्ज र एमएमवेभको संयोजनले दैनिक यूजरको मागलाई ध्यानमा राख्दै इन-ड टू इन्ड फाइभजी अनुभव, अविच्छिन्न कनेक्टिभिटी तथा उच्च उर्जा प्रभावकारिता प्रदान गर्छ’, मिडियाटेकको वायरलेस कम्युनिकेशन बिजनेस यूनिटका जनरन म्यानेजर सीएच चेनले भने।
उनले फास्ट तथा भरपर्दो कनेक्शनका साथै अत्याधुनिक क्यामरा प्रविधिका माध्यमबाट यो चिपले डिभाइस निर्मातालाई आफ्ना उत्पादन अन्य स्मार्टफोनको तुलनामा भिन्न बनाउन शक्तिशाली फिचर उपलब्ध गराउने पनि थपे।
प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार