यी डिभाइसमा आगामी अक्टोबरबाट ह्वाट्सएपले काम नगर्ने, यस्तो छ कारण

  • Technology Khabar | १० जेष्ठ २०७९, मंगलवार
यी डिभाइसमा आगामी अक्टोबरबाट ह्वाट्सएपले काम नगर्ने, यस्तो छ कारण

काठमाडौं ।

मेटा अन्तर्गतको इन्स्ट्यान्ट मेसेजिङ एप ह्वाट्सएप आगामी अक्टोबरदेखि आईफोनमा नचल्ने भएको छ।

ह्वाट्सएपले सबै आईफोनमा नभई आईओएस १० तथा ११ अपरेटिङ सिस्टम रहेका डिभाइसमा काम नगर्ने भएको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

डब्लूएबिटाइन्फोले शेयर गरेको स्क्रीनशट तथा ह्वाट्सएप हेल्प सेन्टरले पोस्ट गरेको लेख अनुसार आईओएस १२ तथा त्यसयताका अपरेटिङ सिस्टम भएका डिभाइसमा मात्र ह्वाट्सएप सपोर्ट गर्नेछ।

कुन कुन डिभाइसमा काम गर्दैन ह्वाट्सएपले?

आगामी अक्टोबरदेखि आईओएस १० तथा ११ लाई कम्तीमा आईओएस १२ मा अपडेट नगरे आईफोन ५एस, आईफोन ६ तथा आईफोन ६एस मा ह्वाट्सएप चल्दैन। एन्ड्रोइड यूजरको हकमा एन्ड्रोइड ४.१ वा त्यो भन्दा नयाँ भर्सनको अपरेटिङ सिस्टम भएमा मात्र यो एपले काम गर्ने बताइएको छ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...