मोटोरोलाले २०० मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन जुलाइमा सार्वजनिक गर्ने

  • Technology Khabar | ९ जेष्ठ २०७९, सोमबार
मोटोरोलाले २०० मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन जुलाइमा सार्वजनिक गर्ने

काठमाडौं ।

मोटोरोला चाइनाले आफ्नो २०० मेगापिक्सेल क्यामरायुक्त स्मार्टफोन आगामी जुलाइमा सार्वजनिक गर्ने आधिकारिक घोषणा गरेको छ।

यो डिभाइस निकै लामो समयसम्म चर्चामा रहन सफर मोटोरोलाको फ्रन्टियर स्मार्टफोन हो। यो स्मार्टफोन गत वर्ष नै आउने हल्ला चलेको थियो तर अब भने आउने पक्का पक्की भएको छ।

कम्पनीले हालै एउटा टिजर पोस्ट गरेको छ जसमा २०० मेगापिक्सेलको क्यामरा सेन्सरलाई ‘न्यू बेन्चमार्क फर इमेज एक्सपेरियन्स’ भनेर व्याख्या गरिएको छ।

यसअघि आएका चर्चाहरुमा मोटोरोलाले सामसङको २०० मेगापिक्सेल आईएसओसेल एचपी१ सेन्सर प्रयोग गर्ने बताइएको थियो।

यो सेन्सरले पिक्सेल बाइनिङ तथा यसमा रहेको डीप लर्निङमा आधारित रिमोजाइकिङ अल्गोरिदममार्फत् १२.५ वा ५० मेगापिक्सेलको आउटपुट दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस्तै यसले ३० फ्रेम प्रति सेकेन्डको ८के भिडियो पनि सपोर्ट गर्छ।

मोटोरोलाले हालसालै स्न्यापड्रागन ८ जेन १+ चिपसेट तथा २०० मेगापिक्सेल क्यामरा सेन्सरयुक्त स्मार्टफोन ल्याउन लागेको खुलासा गरेको थियो।

प्रकाशित: ९ जेष्ठ २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...