पब्जी मोबाइल प्रो लिगमा स्टलवार्टलाई पछ्याउँदै नेपाली टिम टी२के

  • Technology Khabar | ८ जेष्ठ २०७९, आईतवार
पब्जी मोबाइल प्रो लिगमा स्टलवार्टलाई पछ्याउँदै नेपाली टिम टी२के

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल)को तेस्रो दिन मंगोलियन टिम स्टलवार्ट ईस्पोर्टले आफ्नो अग्रता फराकिलो बनाएको छ।

स्टलवार्टले १८ खेल समाप्ति हुँदा २४७ अंक जोडि सकेको छ। स्टलवार्टलाई पछ्याइरहेको नेपाली टिम ट्रेन्ड टु किल (टी२के) २१२ अंक जोड्न सफल भएको छ।

स्टलवार्टले ३ चिकेन डिनरसहित १३१ प्लेसममेन्ट र १३१ किल प्वाइन्ट हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली टिम टी२केले पनि ३ चिकेन डिनरसहित १२३ प्लेसमेन्ट प्वाइन्ट र ८९ किल प्वाइन्ट हासिल गरेको छ।

१८७ अंक सहित नेपाली टिम ज्यानमार इस्पोर्ट तेस्रो स्थानमा रहेको छ। १८२ अंक जोडेको पाकिस्तानको आई८ चौथो स्थानमा छ।

पीएमपीएलमा कुल २४ खेल हुनेछ। आज आइतबार पीएमपीएलको अन्तिम खेल हुँदैछ। अन्तिम दिनको खेल अघि नै स्टलवार्टले दोस्रो स्थानमा रहेको टी२के भन्दा ३५ अंकको अग्रता लिइसकेको छ।

यदि नेपाली टिमले उपाधि जित्ने हो भने आजको खेलमा स्टलवार्टको प्रदर्शन खराब हुनु पर्ने छ भने टी२केले उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ।

पीएमपीएल साउथ एसिया च्याम्पियनशिपको कुल पुरस्कार राशी १ लाख ५० हजार अमेरिकी डलर रहेको छ। सहभागी टिमहरुको प्रदर्शनको आधारमा उक्त धनराशी वितरण गरिनेछ।

प्रकाशित: ८ जेष्ठ २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...