
काठमाडौं ।
शाओमीले आफ्नो नयाँ फिटनेस ट्रयाकर एमआई ब्याण्ड ७ (Mi Band 7) यहि मे २४ मा लन्च गर्न तयार छ। यो कम्पनीको सफल एमआई ब्यान्ड सिरिजमा सबैभन्दा नयाँ थप हो, जुन एमआई ब्यान्डबाट सुरु भएको थियो।
कम्पनीले आफ्नो चिनियाँ सामाजिक सञ्जाल ह्यान्डलमार्फत यो जानकारी दिएको हो । कम्पनीले चीनमा हुने सोही कार्यक्रममा रेडमी नोट ११टी श्रृंखला पनि लन्च गर्न लागेको छ। एमआई ब्यान्ड ७ को स्पेसिफिकेशनहरूमा हाल कुनै आधिकारिक जानकारी उपलब्ध छैन, तर लीकले देखाएअनुसार यो फिटनेस ब्यान्ड १.५६ इन्च एमोलेड डिस्प्लेको साथ आउनेछ।
गीज्मोचाइनाले शाओमीको आधिकारिक घोषणालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ जसअनुसार एमआई ब्यान्ड ७ मे २४ मा बेलुका स्थानीय समय ७ बजे लन्च हुनेछ। सोही दिन कम्पनीले देशमा रेडमी नोट ११टी सिरिज पनि लन्च गर्न लागेको छ।
टिजर पोस्टर हेर्दा आगामी वेयरेबल हालका मोडलहरू जस्तै हुने बताइएको छ। कम्पनीले अघिल्लो मोडेल जस्तै एमआई ब्यान्ड ७ को स्ट्याण्डर्ड संस्करण र एनएफसी संस्करण लन्च गर्न सक्छ।
लीकलाई आधार मान्ने हो भने फिटनेस ट्र्याकरले १.५६ इन्च एमोलेड डिस्प्ले ४९०×१९२ पिक्सेलको स्क्रिन रिजोल्युसनको साथ फिचर गर्नेछ। यसले स्वास्थ्य र फिटनेस ट्र्याकिङका लागि विभिन्न गेम मोडहरूलाई समर्थन गर्नेछ।
यस बाहेक, डिभाइसमा रगतमाह हुने अक्सिजन स्तर अर्थात ब्लड अक्सिजन निगरानी सेन्सर पनि समावेश हुन सक्छ। यसमा बिल्ट-इन जीपीएस समर्थन पनि हुन सक्छ। यो स्मार्ट अलार्म र पावर सेभिङ्ग मोड जस्ता सुविधाहरूका साथ सुसज्जित हुन सक्छ।
यस बाहेक, स्मार्टफोन निर्माताले आफ्ना दुई नयाँ स्मार्टफोनहरू रेडमी नोट ११टी प्रो प्लस र रेडमी नोट ११टी प्रो मे २४ मा लन्च गर्न लागेको छ।
प्रकाशित: ७ जेष्ठ २०७९, शनिबार