क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा १ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि

  • Technology Khabar | ३० बैशाख २०७९, शुक्रबार
क्यूआर कोडमार्फत् गरिएको कारोबार रकममा एक महिनामा १ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि
सांकेतिक तस्विर

काठमाडौं ।

चैत्र महिनामा क्यूआर कोडमार्फत ८ अर्ब ९४ करोड २० लाख रुपैयाँको कारोबार भएको छ।

यो आँकडा फागुन मसान्तसम्म ७ अर्ब ७६ करोड २० लाख रुपैयाँ बराबर रहेको थियो।

यसरी हेर्दा फागुन मसान्तदेखि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा क्यूआर कोडमार्फत भएको कारोबार रकम १ अर्ब १७ करोड ९० लाख रुपैयाँले वृद्धि भएको देखिन्छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैत्र मसान्तसम्मको चालु स्थूल वित्तीय प्रतिवेदनका अनुसार फागुन मसान्तदेखि चैत्र मसान्तसम्मको एक महिनामा क्यूआर कोडमार्फत भएको कारोबार संख्या पनि रकम झैं बढ्दो क्रममा गएको पाइएको छ।

यो प्रवृत्ति १ महिना अघि अर्थात् फागुन महिनामा पनि देखिएको थियो।

फागुन मसान्तदेखि चैत्र मसान्तसम्मको एक महिनाको अवधिमा क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या २७ लाख २३ हजार ५८६ रहेको छ।

जबकि एक महिना अघि अर्थात् फागुन मसान्तसम्म यो आँकडा २३ लाख ७ हजार ९०४ रहेको थियो।

यसरी हेर्दा एक महिनाको अवधिमा  क्यूआर कोडमार्फत गरिएको कारोबार सङ्ख्या ४ लाख १५ हजार ६८२ ले बढ‍ेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ३० बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार