
काठमाडौं ।
एडोबले क्रियटिभ क्लाउड एक्सप्रेस क्षमताको नयाँ फिचरहरु सार्वजनिक गरेको छ।
यी फिचरहरुमार्फत् विभिन्न प्लेटफर्ममा सोसल मिडिया कन्टेन्टको योजना बनाउन, शेड्युल गर्न, प्रिभ्यू हेर्न तथा प्रकाशन गर्न सहज हुने बताइएको छ।
कम्पनीले उक्त एक्सप्रेसभित्र कन्टेन्ट शेड्युलर पनि दिने भएको छ जुन उसले गत डिसेम्बरमा स्वामित्व ग्रहण गरेको कन्टेन्टक्यालमा निर्माण गरेको छ।
एडोबले कन्टेन्टक्यालाई क्रियटिभ क्लाउड एक्सप्रेसमा एकीकृत गरेर बजारमा ल्याएको टेकक्रञ्चले जनाएको छ।
यूजरहरुले अब आफ्ना विभिन्न टूलका माध्यमबाट कन्टेन्ट फाइनल गर्नका लागि सोसल मिडिया थिम तथा क्याम्पेनहरु बनाउन र योजना गर्न सक्नेछन्। यसबाहेक उनीहरुले एउटै ड्र्याग एन्ड ड्रप क्यालेन्डरका माध्यमबाट आफ्ना सोसल मिडिया कन्टेन्टको वर्गीकरण हेर्नसक्ने पनि टेकक्रन्चले जनाएको छ।
उक्त क्यालेन्डरमा आफ्ना कन्टेन्ट शेड्युल गरी तिनीहरु लक्षित वर्गसम्म उत्कृष्ट समयमा पुग्ने निश्चि गर्न सकिने बुझिएको छ।
कन्टेन्टहरु लाइभ हुनुअघि यूजरहरुले शेड्युल गरिएको पोस्टमा गएर प्रिभ्यू पनि हेर्न सक्नेछन्। यस्तै उनीहरुले एकै ठाउँबाट इन्स्टाग्राम, ट्विटर तथा फेसबुकमा कन्टेन्ट पोस्ट गरेर समयको बचत पनि गर्न सक्नेछन्।
प्रकाशित: २९ बैशाख २०७९, बिहीबार