
काठमाडौं ।
कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार रकम एक महिनामा १७ अर्ब ४३ करोड ८० लाख रुपैयाँले बढेको छ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको आर्थिक वर्ष २०७८/७९ को चैत्र महिनासम्मको चालु स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको छ।
प्रतिवेदन अनुसार कनेक्टआईपीएसमार्फत् फागुन महिनाभरी ३३ लाख ३९ हजार ५५४ कारोबार भएकामा यो सङ्ख्या चैत्र मसान्तसम्ममा आइपुग्दा २ लाख ६५ हजार ८७६ ले बढेर ३६ लाख ५ हजार ४३० मा पुगेको छ।
कारोबार सङ्ख्या बढेसँगै कारोबार रकममा पनि उस्तै हिसाबले वृद्धि भएको छ।
प्रतिवेदन अनुसार फागुन मसान्तसम्म कनेक्ट आईपीएसमार्फत् २ खर्ब ७३ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएकामा यो रकम एक महिनाको अवधिमा १७ अर्ब ४३ करोड ८० लाख रुपैयाँले बढेर २ खर्ब ९१ करोड २९ लाख ६० हजार रुपैयँमा पुगेको छ।
यस्तो छ कनेक्ट आईपीएसमार्फत् चैत्र महिनासम्मको कारोबार:
| महिना | कारोबार सङ्ख्या | कारोबार रकम रु. |
| श्रावण | २९, ५६, ९६७ | २, १३, ३७, ५०, ००००० |
| भाद्र | ३२, २४, १७५ | २, ३२, ५४, ३०, ००००० |
| आश्विन | ३५, १०, २२६ | २, ३९, १४, ८०, ००००० |
| कार्तिक | २७, ६०, ५०३ | २, ०३, ०३, ६०, ००००० |
| मंसिर | २८, ९५, ६१७ | २, २८, ४५, ४०, ००००० |
| पौष | ३१, ४५, ९५९ | २, ४७, ४७, ४०, ००००० |
| माघ | ३१, ४०, १८० | २, ३६, ४२, ३०, ००००० |
| फागुन | ३३, ३९, ५५४ | २, ७३, ८५, ८०, ००००० |
| चैत्र | ३६, ०५, ४३० | २, ९१, २९, ६०, ००००० |
प्रकाशित: २८ बैशाख २०७९, बुधबार