
काठमाडौं ।
नेटफ्लिक्सले विज्ञापनयुक्त सस्तो योजना यसै वर्ष शुरु गर्ने भएको छ।
थुप्रै समयदेखि शुरु गर्ने भनिएको उक्त योजना यो वर्ष भने आधिकारिक रुपमा आउने भएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
कम्पनीले हालै एउटा आन्तरिक पत्रमा उक्त विज्ञापनयुक्त सस्तो योजना यसै वर्ष शुरु हुने बताएको हो।
द न्यू योर्क टाइम्समा आएको रिपोर्ट अनुसार कम्पनीका कार्यकारीहरुले आन्तरिक पत्रमा उक्त फिचर यसै वर्षको अन्तिम त्रैमासमा ल्याउने उल्लेख गरिएको छ।
त्यसै समयमा कम्पनीले आफ्ना नेटफ्लिक्स एकाउन्टको पासवर्ड शेयर गरेर चलाउने उपभोक्ताका लागि थप शुल्क पनि तोक्ने आकलन गरिएको छ।
उक्त पत्रमा एप्पल टीभी+ बाहेक हुलु, एचबीओ म्याक्स, पीकक तथा अन्य सबै मुख्य स्ट्रिमिङ प्लेटफर्मले विज्ञापनसहितको सस्तो योजना प्रदान गर्ने पनि उल्लेख गरिएको रोयटर्सले जनाएको छ।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार