चिप अभाव र मूल्य वृद्धिका बावजूद पानासोनिकको नाफा बढ्यो

  • Technology Khabar | २८ बैशाख २०७९, बुधबार
चिप अभाव र मूल्य वृद्धिका बावजूद पानासोनिकको नाफा बढ्यो

काठमाडौं ।

पानासोनिक कर्पले बुधबार आफ्नो वार्षिक आम्दानी विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार यो वर्ष चिप अभाव तथा कच्चा पदार्थको मूल्य बढे पनि कम्पनीले राम्रो सञ्चालन मुनाफा गर्न सफल भएको देखिन्छ।

कम्पनीले २०२३ को मार्चमा अन्त्य हुने आर्थिक वर्षका लागि ३६० अर्ब येन प्रक्षेपण पनि गरेको छ। यो आँकडा गत वर्ष ३५७ अर्ब येन रहेको थियो।

रिफिनिटिभको तथ्याङ्क अनुसार यो प्रक्षेपण २० जना विश्लेषकले निकालेको अनुमानित ३८२.७ अर्ब येनभन्दा ५.९ प्रतिशत कम रहेको रोयटर्सले उल्लेख गरेको छ।

पानासोनिकले वाशिङ मेशिनदेखि औद्योगिक मेशिनरीसम्मका उपकरणहरु उत्पादन गर्दै आइरहेको छ।

रुस-यूक्रेन युद्धका कारण अन्य ब्राण्डहरु झैं कच्चा पदार्थको मूल्यले पानासोनिकलाई पनि नराम्ररी गाँजेको थियो। कम्पनीका सीईओ युकी कुसुमीले अघिल्लो महिना कम्पनीले सबै बढेका मूल्य उपभोक्तामा थोपर्न नसक्ने बताएका थिए।

यसबाहेक कोभिडका कारण चीनमा लकडाउन भएपछि कम्पनीले पार्टपुर्जाको अभाव पनि भोगिरहेको छ।

प्रकाशित: २८ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार