
काठमाडौं ।
निन्टेन्डोका वार्षिक प्लेयर १० करोड जना पुगेका छन्।
कम्पनीले हालै मार्चमा अन्त्य भएको आर्थिक वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गर्ने क्रममा यो कोशेढुंगाका बारेमा जानकारी दिएको हो।
यो नतिजाले कम्पनीको वार्षिक गेम खेल्ने यूजर केही वर्षयता तीव्र रुपमा बढिरहेको बुझाउँछ। २०२० को अप्रिलदेखि २०२१ को मार्चसम्म निन्टेन्डले ८ करोड ७० लाख वार्षिक गेम खेल्ने यूजर बढाएको थियो।
यसैगरी २०१९ अप्रिलदेखि २०२० मार्चसम्म ५ करोड ७० लाख र अप्रिल २०१८ देखि मार्च २०१९ सम्म ३ करोड ६० लाख गेम खेल्ने यूजर रहेका टेकक्रञ्चले जनाएको छ।
कम्पनीको आम्दानीले पनि निन्टेन्डोले जनवरीदेखि मार्चसम्म ४१ लाख १० हजार थान स्विच कन्सोल बिक्री गरेको र यसबाट आर्थिक वर्षको कमाई २ करोड ३० लाख ६० हजार डलर बनाउन मद्दत पुगेको जनाइएको छ।
यो आँकडाले वार्षिक रुपमा भने गत वर्षको २ करोड ८८ लाख ३० हजार डलरको तुलनामा २० प्रतिशतले गिरावट आएको देखिन्छ। कम्पनीले यो गिरावट आउनुमा सेमिकन्डक्टर तथा अन्य पार्टपुर्जाको अभाव कारक भएको बताएको छ।
प्रकाशित: २८ बैशाख २०७९, बुधबार