
काठमाडौं ।
माइक्रोसफ्टका संस्थापक बिल गेट्सले इलन मस्कले ट्विटरलाई अझ खराब स्थितिमा लैजान सक्ने बताएका छन्।
उनले यसका बारेमा खासै चासो नदेखाए पनि हालै यसका बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै मस्कले ट्विटरलाई अहिलेको भन्दा अझ खराब स्थितिमा पुर्याउन सक्ने विचर व्यक्त गरेका हुन्।
विश्वकै धनाढ्य अर्बपति मस्कले ट्विटर किने यता मानिसहरुले मिश्रित प्रतिक्रिया दिँदै आएका छन्।
हालै केही समययता प्रविधि क्षेत्रबाट अलिक पर बसेका बिल गेट्सले यस सम्बन्धमा आफ्नो मुख खोलेका हुन्।
उनले सन् २०२१ मा बिटक्वाइनका बारेमा प्रतिक्रिया दिएका थिए जसमा डिजिटल मुद्रा जलवायुका लागि निकै हानिकारक रहेको उनको भनाइ थियो।
तर मस्कले ट्विटर किनेका बारेमा भने उनले कुनै कडा विचार व्यक्त गरेका थिएनन्।
उनले यसबारे एकदम थोरै प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, ‘मलाई लाग्छ ट्विटर अहिले नै खराब छ, तर यसलाई सुधार्न भने सकिन्छ।’
प्रकाशित: २६ बैशाख २०७९, सोमबार