सामसङद्वारा अझै फास्ट र क्षमतायुक्त यूएफएस ४.० स्टोरेज सार्वजनिक

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
सामसङद्वारा अझै फास्ट र क्षमतायुक्त यूएफएस ४.० स्टोरेज सार्वजनिक

काठमाडौं ।

सामसङले पहिलेभन्दा अझ फास्ट तथा बढी कार्यक्षमता भएको यूएफएस ४.० स्टोरेज सार्वजनिक गरेको छ।

सामान्यतया स्टोरेज क्षमता उपभोक्ताका लागि स्मार्टफोन खरिद गर्ने मुख्य आधार हुने गरे पनि यसको प्रकारमा भने धेरैले ध्यान दिएको पाइँदैन।

अधिकांश एन्ड्रोइड स्मार्टफोन तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरुमा यूएफएस अर्थात् यूनिभर्सल फ्ल्याश स्टोरेज राखिएको पाइन्छ। हाल बजारमा उपलब्ध अधिकांश फ्ल्यागशिप फोनहरुमा यूएफएस ३.० वा ३.१ स्टोरेज भएको देखिएको छ।

सामसङले मंगलबा यही यूएफएसको नयाँ भर्सन ४.० जेन ७ भी-एनएएनडी फ्ल्याश मेमोरी सार्वजनिक गरेको हो। यसको रिड गर्ने क्षमता ४२०० एमबीपीएस तथा राइट स्पीड २८०० एमबीपीएससम्म रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो नयाँ स्टोरेज प्रविधिले यसअघिका जेनेरेशनहरुका तुलनामा ४६ प्रतिशतसम्म कम उर्जा खपत गर्ने पनि जनाइएको छ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार