अनर म्याजिक४ प्रो यूरोपेली बजारमा सार्वजनिक हुँदै

  • Technology Khabar | २१ बैशाख २०७९, बुधबार
अनर म्याजिक४ प्रो यूरोपेली बजारमा सार्वजनिक हुँदै

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरको म्याजिक४ प्रो यूरोपेली बजारमा छिट्टै सार्वजनिक हुने भएको छ।

हालै फ्रान्स तथा बेलायतका अनलाइन बिक्रेताहरुले उक्त डिभाइसलाई सूचीमा राख्न थालेपछि यो आकलन गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

फ्रान्सको एउटा अनलाइनले मे १ देखि ३० सम्म फोनको मूल्यमा १ य यूरो छुट दिनेगरी अर्ली बर्ड सेल्स इभेन्टको घोषणा गरेको छ।

उक्त फोनको यकिन मूल्य तोकिएको छैन तर यसअघि फेब्रुअरीमा मोबाइल वर्ल्ड कंग्रेसमा १ हजार ९९ यूरो पर्ने घोषणा गरिएको थियो।

अनर फ्रान्सले भने म्याजिक४ प्रोको कालो र क्यान रंगको भेरियन्ट मात्र सूचीमा राखे पनि यो डिभाइस यूरोपमा सुनौलो, सेतो तथा अरेन्ज भिगन लेदर भेरियन्टमा समेत उपलब्ध हुने जीएसएमएरिनाले लेखेको छ।

अनर म्याजिक४ प्रो मा ६.८१ इन्चको १२० हर्ज रिफ्रेश रेटसहितको एलटीपीओ ओएलईडी डिस्प्ले तथा स्न्यापड्रागन ८ जेन १ चिपसेटका साथमा १०० वाट फास्ट चार्जिङ रहने बताइएको छ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • २१ बैशाख २०७९, बुधबार