Technology Khabar २८ मंसिर २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, २८ मंसिर । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वर्ल्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको दिन मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ ।
दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलको बार्षिकोत्सव मंसिर २९ गते बुधबार मोबाइल खरिद गर्ने ग्राहकहरुलाई हरेक मोबाइल तथा एशोसरिजको खरिदमा मेगा डिस्काउन्ट दिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल ताम्राकार कम्प्लेक्स, द वल्र्डभिजन मोबाइल, सिटीसी मल, सिटिभी लिंक इलेक्ट्रोनिक्स केएल टावर चाबहिल र एप्पल वल्र्डले संयुक्त रुपमा दशैंतिहार बम्पर उपहारको लक्की ड्रको घोषणा पनि गर्ने भएको छ ।
बार्षिकोत्सकै अबसर पारी अंग्रेजी नयाँ बर्ष सम्मका लागि नयाँ योजना सार्वजनिक गर्ने कार्यक्रम रहेको निर्देशक संगम राइले जानकारी दिए । एप्पल वल्र्डमा यस अघि देखि गरिदै आएको एक्सचेन्ज धमाका पनि चलिरहेको शोरुमले जानकारी दिएको छ ।
प्रकाशित: २८ मंसिर २०७३, मंगलवार