
काठमाडौं ।
सामसङले ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनहरुमा मे २०२२ एन्ड्रोइड सेक्युरिटी प्याच उपलब्ध गराउने भएको छ।
यो नयाँ अपडेटको फर्मवेयर भर्सन जी९९१बीएक्सएक्सयू५सीभीडीडी रहेको र हाल इटलीमा रहेका ग्यालेक्सी एस२१, एस२१+ तथा एस२१ अल्ट्रा उपलब्ध भइरहेको जीएसएमएरिनाले जनाएको छ।
तर यो रोलआउट केही दिनमा अन्य यूरोपेली देशहरुमा र त्यसपछि विश्वका अन्य बजारहरुमा पनि उपलब्ध हुने अपेक्षा गरिएको छ।
सम्बन्धित क्षेत्रका ग्यालेक्सी एस२१, एस२१ तथा एस२१ अल्ट्रा प्रयोगकर्ताले आफ्नो फोनको सेटिङ्समा गएर सफ्टवेयर अपडेट मेनुमा गएर चेक गर्न र उपलब्ध भएको खण्डमा अपडेट गर्न सकिने समाचारमा उल्लेख छ।
प्रकाशित: २० बैशाख २०७९, मंगलवार