कतै तपाईँको फोनमा पनि भाइरस छ कि? यसरी थाहा पाउनुस्

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
कतै तपाईँको फोनमा पनि भाइरस छ कि? यसरी थाहा पाउनुस्

काठमाडौं ।

मोबाइल फोनमा भाइरसले कम्प्युटरमा झैं दुख दिन सक्छ। विश्वका थुप्रै मानिसहरुका लागि मोबाइल फोन अति आवश्यक उपकरण बन्दै गएको बेला त्यसमा आउने भाइरसले निकै चिन्ता बढाउँदै आएको छ।

हालै निजी कम्पनी जिम्पेरियमको एक वैश्विक रिपोर्ट अनुसार प्रत्येक पाँचमध्ये एउटाभन्दा बढी मोबाइल डिभाइसमा मालवेयर हुने गरेको तथा १० मा ४ ओटा मोबाइल साइबर हमलाको शिकार हुने गरेको पाइएको एबीपीलाइभले उल्लेख गरेको छ।

यस्तोमा आफ्नो फोन मालवेयर ज साइबर हमलाको निशानामा परेको छ भन्ने कसरी थाहा पाउने?

भाइरसका सम्बन्धमा एप्पल डिभाइस एन्ड्रोइडभन्दा बढी सुरक्षित मानिन्छन्।

तर आईफोन प्रयोगकर्ताले तयसलाई मोडिफाइ गर्नु र एन्ड्रोइड प्रयोगकर्ताले तेस्रो पक्षका एप इन्सटल गर्नुले यस्ता जोखिम बढाउँछन्।

कुनै पनि फोनमा भाइरस छ वा छैन यसै हेरेर भन्न मुश्किल हुन्छ। तर भाइरस भएको खण्डमा फोनको व्यवहार केही फरक हुन्छ। फोनको पर्फर्मेन्स, एप खुल्न समय लाग्ने,ब्याट्री छिटै सकिने तथा मोबाइल डाटा धेरै लाग्ने लगायतका लक्षणहरु देखिन सक्छन्।

  • आफ्नो डिभाइसमा भाइरस भएको शंका लागेमा शुरुमा मालवेयर हटाउनु पर्छ।
  • यसका लागि फोन स्क्यान गर्न अभास्ट, एभीजी, बिट्डिफेन्डर, म्याक्याफी तथा  नर्टन जस्ता विश्वासिलो एन्टिभाइरस प्रयोग गर्नुहोस्।
  • यसपछि आफ्नो आईफोन वा एण्ड्रोइड फोनलाई रिस्टार्ट गर्नुहोस्।
  • डाउनलोड भएका शंकास्पद एप हटाउनुहोस्। एन्ड्रोइडमा सुरक्षित मोड बन्द गरिदिनुहोस्।

यसो गरेपछि फोन सामान्य हिसाबले ठिक हुन्छ। तर भविष्यमा आउन सक्ने भाइरस तथा मालवेयरहरुबाट पनि सुरक्षित हुनु जरुरी हुन्छ।

विभिन्न वेबसाइटहरुबाट आउने लिंक क्लिक नगर्ने वा एप इन्सटल गर्दा आधिकारिक  वेबसाइटबाट मात्र गर्ने र डिभाइसको सफ्टवेयर बेलाबेला अपडेट गर्दा भविष्यमा पनि यस्ता समस्या आउनबाट रोक्न सकिन्छ।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...