टोयोटाको थाई इकाई ईभी प्रोत्साहन बढाउन सहमत

  • Technology Khabar | १८ बैशाख २०७९, आईतवार
टोयोटाको थाई इकाई ईभी प्रोत्साहन बढाउन सहमत

काठमाडौं ।

टोयोटा मोटर कर्पको थाई इकाईले शुक्रबार दक्षिणपूर्वी एसियाली देशसँग प्रमुख क्षेत्रीय अटो उत्पादन आधारमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोगलाई प्रबर्द्धन गर्न प्रोत्साहन गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

प्रोत्साहनहरूमा कर छुटहरू र ईभीहरु सस्तो बनाउन मद्दतको लागि अनुदानहरू समावेश भएको थाईल्याण्डको वित्त मन्त्रालयले एक विज्ञप्तिमा भनेको रोयटर्सले रिपोर्टमा जनाएको छ।

थाई अर्थमन्त्री अर्खोम टर्मपिटायापाइसिथले  थाइल्याण्डको सबैभन्दा ठूलो कार उत्पादकसँगको सम्झौतामा हस्ताक्षर गरेपछि देशमा ईभीहरुको प्रयोगको लागि “एक छलाङ्ग” हुने बताए। किनकी उपभोक्ताहरू प्रमुख कार निर्माताहरू योजनामा सामेल हुन पर्खिरहेका थिए।

समाचार रिपोर्टमा थाई गाडीको बजारको एक तिहाइ हिस्सा ओगटेको टोयोटा मोटर थाइल्याण्डका अध्यक्ष नोरियाकी यामाशिताले बताएअनुसार टोयोटाले यस वर्षको अन्त्यमा थाइल्यान्डमा आफ्नो बीजेड४एक्स (bZ4X) ईभी मोडल लन्च गर्ने विचार गरिरहेको छ।

यस्तै सम्झौता चिनियाँ अटोमेकर ग्रेट वाल मोटर र एसएआईसी मोटर कर्पको थाई इकाई एसएआईसी-सीपी मोटरसँग पनि गरिएको मन्त्रालयले जनाएको छ।

कम्तिमा पाँच थप अटोमेकरहरू यस वर्ष ईभी समर्थन योजनामा सामेल हुने अपेक्षा गरिएको छ।

थाई उद्योग महासंघले थाइल्याण्डमा हाल करिब २ लाख ६० हजार ईभी दर्ता भएको छ । यस वर्ष करिब २० हजार इकाइ बिक्री हुने थाईल्याण्डको वित्त मन्त्रालयको अनुमान छ, जुन सडकमा रहेका कुल कारको एक अंश मात्र हो।

प्रकाशित: १८ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...