पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १३ बिटा सार्वजनिक

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
पिक्सेल डिभाइसका लागि एन्ड्रोइड १३ बिटा सार्वजनिक

काठमाडौं ।

गुगलले आफ्ना सपोर्ट गर्ने पिक्सेल डिभाइसहरुका लागि एन्ड्रोइड १३ को बिटा भर्सन सार्वजनिक गरेको छ।

कम्पनीले फेब्रुअरी तथा मार्चमा डेभलपर प्रिभ्यू जारी गरेकोमा बुधबार भने सर्वसाधारणको परीक्षणका लागि बिटा भर्सन उपलब्ध गराएको हो।

यो बिटा भर्सनमा थुप्रै समस्या हुन सक्ने र परीक्षणपछि समस्या समाधान सहित पूर्ण भर्सन आउने जीएसएमएरिनाले जनाएको छ।

एन्ड्रोइड १३ बिटा १ भर्सन परीक्षण गर्न मन लागेको खण्डमा सपोर्ट गर्ने पिक्सेल डिभाइस भएका व्यक्तिले एन्ड्रोइड बिटा प्रोग्रामको वेबसाइटमा गएर आफ्नो डिभाइस दर्ता गर्नुपर्ने हुन्छ।

त्यसपछि केही समयमा ओटीएमार्फत् उक्त भर्सन मोबाइलमा आउने र यसपछिका बिटा तथा अन्तिम भर्सन पनि यसैगरी मोबाइलमा ओटीएमार्फत् नै पठाइने बताइएको छ।

यसअघि नै एन्ड्रोइड १३ को डेभलपर प्रिभ्यू चलाइरहेकाहरुले भने शुरुमै यो बिटा भर्सन पाउने जीएमएमएरिनाले जनाएको छ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार