स्पेसएक्सले निजी उडानमार्फत् नासाका लागि ४ जनालाई अन्तरिक्षमा पठायो

  • Technology Khabar | १५ बैशाख २०७९, बिहीबार
स्पेसएक्सले निजी उडानमार्फत् नासाका लागि ४ जनालाई अन्तरिक्षमा पठायो

काठमाडौं ।

स्पेसएक्सले नासाका लागि ४ जना अन्तरिक्षयात्रीलाई बुधबार अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएसमा पठाएको छ।

उक्त उडान निजी रुपमा गरिएको र यसलाई २ दिन अघि मात्रै करोडपतिहरुले चार्टर गरेका एपीन्यूजले उल्लेख गरेको छ।

यो महिला र पुरुष अन्तरिक्षयात्रीको सङ्ख्या बराबर भएको नासाको पहिलो उडान भएको र यसमा जेसिका वाट्सन नामकी लामो दूरीको अन्तरिक्ष यात्रा गर्ने पहिलो अश्वेत महिला पनि समावेश भएको बताइएको छ।

‘यो हामीले धेरै समयको अन्तरालमा पाएको एउटा सर्वाधिक विविधिकृत क्रू भएको मेरो बुझाई छ’, नासाको अन्तरिक्ष सञ्चालन मिसनका प्रमुख क्याथी ल्याण्डर्सले उडानको पूर्वसन्ध्यामा भनिन्।

ती अन्तरिक्षयात्रीहरु केनेडी स्पेस सेन्टरबाट उडान भरेको १६ घण्टापछि बुधबार राति आईएसएसमा अवतरण गर्ने तालिका रहेको र उनीहरुले उक्त प्रयोगशालामा ५ महिना बिताउने पनि एपीन्यूजले उल्लेख गरेको छ।

स्पेसएक्सले नासाका लागि हालसम्म पाँच ओटा क्रू तथा दुई ओटा निजी उडान गरिसकेको छ।

इलन मस्कको कम्पनी यो हप्ता पनि निकै व्यस्त रहेको छ। यो हप्ता उसले नासाको निजी अतिथिका रुपमा तीन जना व्यापारीलाई आईएसएसमा लगेर पृथ्वीमा पनि फर्काएको छ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार