सिंगल चार्जमा ४०० किमि चल्ने मारुती जिम्नीको इलेक्ट्रिक भर्सनको विवरण लीक

  • Technology Khabar | १४ बैशाख २०७९, बुधबार
सिंगल चार्जमा ४०० किमि चल्ने मारुती जिम्नीको इलेक्ट्रिक भर्सनको विवरण लीक

काठमाडौं ।

मारुती कम्पनीले भारतमा सुजुकी जिम्नीको इलेक्ट्रिक भर्सन ल्याउन सक्ने संकेत देखाएको छ।

हाल यसका विवरणहरु अनलाइनमा लीक भएका छन्। यसको इलेक्ट्रिक भर्सनको डिजाइन एसआरके डिजाइन्सले तयार पारेको हो। यो गाडीको भिडियो यू-ट्युबमा पनि शेयर गरिएको छ।

भिडियोमा हेर्दा इलेक्ट्रिक भर्सनका लागि एसयूभीको बडीमा निकै परिमार्जन गरिएको देख्न सकिन्छ।हाल बाहिर आएको फोटोमा यो गाडीको अगाडिको भाग मात्र देख्न सकिन्छ।

यसमा दुई ओटा एलईडी बार दिइएको छ जुन परम्परागत रूपमा आउने गोलाकार रेट्रो आकारको ह्यालोजन बत्तीभन्दा बिल्कुल फरक देखिन्छन्।

उक्त एसयूभीको बाहिरिएको फोटोमा अगाडिको बम्परलाई पुन: प्रोफाइल गरिएकोफ देखिन्छ। यसमा रिडिजाइन गरिएको स्किड प्लेट तथा भर्टिकल एलईडी एलिमेन्ट बम्परको दुवैतर्फ राखिएको छ।

गाडीको साइड प्रोफाइल तीन ओटा ढोका भएको इन्टरनेशनल मोडल जस्तो देखिन्छ जसमा फ्लेयर्ड व्हील आर्च दिइएको छ। डिजाइनरहरुले यसमा एलोय व्हील राखेका छन् भने डिजाइन हेर्दा निकै प्रिमियम देखिन्छ। गाडीको रूफ फ्लैट देखिन्छ ।

यो गाडी एक पटकको चार्जमा ३ सयदेखि ४ सय किमीसम्म गुड्न सक्ने कम्पनीलाई उद्धृत गर्दै ग्याजेट्स३६० ले लेखेको छ।

यो हालसम्म लीकमा आधारित मात्रै भएकोले कम्पनीले यसको इलेक्ट्रिक भर्सन कहिले ल्याउँछ भन्ने कुनै टुंगो छैन।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार