डिशहोमका दुईजना ग्राहकले जिते एक/एक लाख रुपैयाँ उपहार

  • Technology Khabar | १२ बैशाख २०७९, सोमबार
डिशहोमका दुईजना ग्राहकले जिते एक/एक लाख रुपैयाँ उपहार

काठमाडौं ।

डिशहोमले डिटिएचका ग्राहकहरुका लागि ल्याएको रिचार्जमा उपहार योजनाअनुसार दुई ग्राहकहरुले प्रति ग्राहक एक एक लाख रुपैयाँ उपहार हात पारेका छन्।

एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले एक बर्षको रिचार्ज गर्दा २४ महिनासम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने व्यवस्था गरिएको थियो। साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले रु. एक लाख जित्ने अवसर पनि प्राप्त गर्ने छन्।

यसै योजना अन्तर्गत बैशाख ५ गते र बैशाख १२ गते गरिएको लक्की ड्रमा क्रमशः CAS ID 71900831042  र 02564251703 भएका ग्राहकहरुले रु. एक/एक लाख जित्न सफल भएका छन्।

डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागी हुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्स्फरमार्फत आफूले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्ने कम्पनीले जानकारी दिएको छ।

कम्पनीकाअनुसार यस लक्कि ड्रको प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार