अफगानिस्तानमा तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध

  • Technology Khabar | ११ बैशाख २०७९, आईतवार
अफगानिस्तानमा तालिबानद्वारा टिकटक र पब्जीमाथि प्रतिबन्ध

काठमाडौं ।

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले युवाहरुलाई बिगारेको भन्दै मुलुकमा भिडियो सेयरिङ एप टिकटक र पब्जी भिडियो गेममाथि प्रतिबन्धको घोषणा गरेका हुन्।

यसअघि तालिबानले सङ्गीत, चलचित्र तथा टेलिसिरियलहरु माथि पनि प्रतिबन्ध लगाएको थियो । यससँगै तालिबानले टेलिभिजनमा प्रसारित हुने ‘अनैतिक सामग्री’ माथि पनि प्रतिबन्ध लगाउने जनाएको छ।

पछिल्लो समय अफगानिस्तानमा युवायुवती तथा केटाकेटी माझ पब्जी र टिकटक अत्यन्त लोकप्रिय बन्दै गएको खुलाइएको छ।

यस प्रतिबन्ध कहिलेबाट लागू हुने भन्नेबारे केही जानकारी छैन । गत वर्षको अगष्ट महिनामा सत्ता हत्याए यता तालिबानले पहिलो पटक यस्तो एपहरुमाथि प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार