चाइना मोबाइलको राजस्वमा लगभग १५ प्रतिशत वृद्धि

  • Technology Khabar | ९ बैशाख २०७९, शुक्रबार
चाइना मोबाइलको राजस्वमा लगभग १५ प्रतिशत वृद्धि

काठमाडौं ।

चाइना मोबाइलले २०२२ को पहिलो त्रैमासिकमा २२७.३ अर्ब युआनको परिचालन राजस्व आर्जन गरेको बताएको छ। यो आम्दानी वार्षिक रूपमा १४.६ प्रतिशतले वृद्धि हो।

दूरसञ्चार सेवाहरूबाट राजस्व १९३.८ अर्ब युआन थियो, जुन अघिल्लो वर्षको अवधिको तुलनामा ९.१ प्रतिशतले बढी थियो।

चिनियाँ टेलिकम अपरेटरको नाफा ३१ मार्च २०२२ को समाप्त तीन महिनामा वार्षिक रूपमा ६.५ प्रतिशतले बढेर २५.६ अर्ब युआन पुगेको छ। ईबिआईटिडीए २०२२ को पहिलो त्रैमासिकमा ५.६ प्रतिशतले बढेर ७६.१ अर्ब युआन पुगेको छ।

कम्पनीसँग पहिलो त्रैमासमा ४६ करोड ७० लाख फाइभजी सेवाग्राहीहरु रहेका छन्।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार