चौधरी ग्रुप अब इलेक्ट्रिक भेहिकल व्यवसायमा प्रवेश गर्दै

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार

काठमाडौं ।

नेपालको व्यवसायीक घराना चौधरी ग्रुप पनि अब इलेक्ट्रिक भेहिकल व्यवसायमा प्रवेश गर्ने भएको छ। कम्पनीले आगामी दिनमा नेपाली बजारमा नयाँ ब्राण्डको इभी लन्च गर्ने घोषणा गरेको हो।

सीजी ग्रुप अन्तरगत रहेको सीजी मोटर्सले विदेशी ब्राण्डको ईभी नेपाली बजारमा ल्याउन लागेको हो।

ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले हालै आफ्नो ट्वीटमार्फत विश्वको उत्कृष्ट ब्राण्डको ईभी ल्याउने जानकारी दिएका छन्। तर उनले सार्वजनिक गरेको टिजरमा कुन ब्राण्ड आउन लागेको हो भन्ने खुलाएका छैनन्।

‘ज्वाइन द सीजी रिभोलुसन’ भन्ने थिममा सीजी मोटर्सले सो ईभी ल्याउन लागेको जानकारी दिएका छन्।

चौधरी ग्रुपअन्तरगत यसअघि देखि नै सीजी मोटोकर्पले मारुती सुजुकीका गाडिहरु आयात गरेर बिक्री गरिरहेको छ। सो कम्पनीलाई नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका भतिजा करण चौधरीले नेतृत्व दिँदै आएका छन्।

अब भने सीजी मोटर्स अन्तरगत छुट्टै नयाँ कम्पनीमार्फत ईभी ल्याउन लागेको हो। विभिन्न उत्पादन सेवा तथा व्यवसायमा आबद्ध रहेको सीजीनेट कम्पनीमार्फत इन्टरनेट सेवामा समेत स‌ंलग्न रहेको छ। सीजीनेटले नेपाली इन्टरनेट बजारमा आक्रामक बजार मूल्य र उच्चगतिको इन्टरनेटमार्फत ग्राहकहरुलाई आकर्षित गर्दै आएको छ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार