हुण्डाई मोटर्स समुदायमा आधारित एनएफटी घोषणा गर्ने पहिलो अटो निर्माता

  • Technology Khabar | ८ बैशाख २०७९, बिहीबार
हुण्डाई मोटर्स समुदायमा आधारित एनएफटी घोषणा गर्ने पहिलो अटो निर्माता

काठमाडौं ।

कोरियाली अटोमोबाइल जायन्ट हुण्डाई मोटर्स अनलाइन एनएफटी निस्कासन गर्ने घोषणा गरेको छ।

कम्पनीले आफ्नो ब्राण्डको अनुभव सुधार गर्न तथा उपभोक्ता समुदाय निर्माणका लागि समुदायमा आधारित एनएफटी जारी गर्न लागेको ग्याजेट्स३६० ले उल्लेख गरेको छ।

हुण्डाईले एनएफटी डेभलप गर्नका लागि मेटा कोङ्ज एनएफटीसँग साझेदारी गर्दै विशेष वेबसाइटमार्फत् आफ्नै एनएफटी समुदायसहित एनएफटी बजारमा प्रवेश गर्ने पहिलो अटो निर्माता हुन लागेको बताइएको छ। यो वेवबसाइट आगामी मे मा खुल्ने र यसबाहेक डिस्कर्ड तथा ट्विटरमा भने च्यानल चल्न थालिसकेको समाचारमा उल्लेख छ।

हुण्डाईले आफ्नो एमएफटी ‘मेटामोबिलिटी यूनिभर्स’ को परिचय दिने छोटो चलचित्र पनि रिलिज गरेको छ। यसको कन्सेप्ट पहिलो पटक गत जनवरीमा सीईएस २०२२ का क्रममा सार्वजनिक गरिएको थियो।

चर्चित एनएफटी गोरिल्ला पात्र मेटा कोङ्ज रहेको उक्त चलचित्रमा मोबिलिटी सोलुशन कसरी समय र स्थानभन्दा माथि जान सक्छ भन्ने देखाइएको छ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार