
काठमाडौं ।
विश्व बजारमा ब्याट्रीको मूल्य बढे पनि विद्युतीय सवारी बिक्रीमा कुनै गिरावट आएको छैन।
यो वर्ष लिथियम आयन ब्याट्रीको मूल्यमा निकै वृद्धि भए पनि ईभी अर्थात् विद्युतीय सवारीको माग राम्रै बढेको हो।
गत वर्षको पहिलो त्रैमासमा १०५ डलर प्रति किलोवाट-आवर रहेकोमा हाल आएर यो मूल्य १६० डलर प्रति किलोवाट-आवर पुगिसकेको छ।
यी ब्याट्रीको मूल्य यसरी आकाशिनुमा आपूर्ति श्रृङ्खलामा आएको गडबडी, रुसी धातुहरुमाथिको प्रतिबन्ध तथा लगानीकर्ताहरुको प्रक्षेपण रहेको रोयटर्सले उल्लेख गरेको छ।
चीनमा सबैभन्दा बढी बिक्री भएको होङगुआङ मिनि जस्तो एउटा सानो ईभीको ब्याट्रीको मूल्यमा नै १५ सय डलरसम्म वृद्धि भएको छ जुन तोकिएको मूल्यको ३० प्रतिशतले बढी हो।
विश्वभरका खरिदकर्ताहरु मूल्य बढे नै पनि विद्युतीय सवारी खरिदका लागि पालो कुरेर बसिरहेका छन्। यसले एक दशकअघि चलेको ब्याट्रीको मूल्य कम भएमा मात्र विद्युतीय सवारी बिक्री हुन्छ भन्ने परम्परागत मान्यतालाई गलत सावित गरिदिएको छ।
रुसमाथिको प्रतिबन्धपछि आईसी इन्जिनयुक्त गाडीहरुको मूल्य पनि आकाशिए पनि वातावरणको चिन्ताका कारण विश्वका धेरै मानिसहरु हाल विद्युतीय सवारीतिर आकर्षित भएका विज्ञहरुलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार