
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीले आफ्नो सिभी १एस स्मार्टफोन यसै हप्ता सार्वजनिक गर्ने भएको छ।
जीएसएमएरिनाका अनुसार शाओमी सिभी १एस आगामी अप्रिल २१ तारिखका दिन स्थानीय समय अनुसार दिउँसो २ बजे चीनमा सार्वजनिक हुने भएको हो।
हालै बाहिर आएका टिजरमा रहेका फोटोहरु हेर्दा यो डिभाइस सेतो र प्याजी गरी दुई रंगमा उपलब्ध हुनेछ।
सिभी १एसको डिजाइन गत वर्ष आएको शाओमी सिभीको जस्तै देखिएको छ। यसबाहेक यसअघि आएका रुमरहरुले पनि यो नयाँ डिभाइसमा गत वर्षको तुलनामा चिपसेट अपग्रेड भएर आउनेछ।
ती रुमरहरुलाई विश्वास गर्ने हो भने सिभी १एसमा स्न्यापड्रागन ७७८जी८+ चिपसेट उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
यस्तै यो डिभाइसमा गत वर्षको ५५ वाटभन्दा केही अपग्रेड भएर ६७ वाटको चार्जिङ सपोर्ट पनि आउने बताइएको छ। शाओमी आफैंले भने यसका बारेमा आधिकारिक विवरण बाहिर ल्याउन बाँकी रहेको छ।
प्रकाशित: ६ बैशाख २०७९, मंगलवार