एप्पल वाचमा आउँदैछ रोचक फिचर, मोबाइल नेटवर्क बिना नै आपतकालीन कल गर्न सकिने

  • Technology Khabar | ४ बैशाख २०७९, आईतवार
एप्पल वाचमा आउँदैछ रोचक फिचर, मोबाइल नेटवर्क बिना नै आपतकालीन कल गर्न सकिने

काठमाडौं ।

एप्पलले चाँडै नै आफ्नो स्मार्टवाचमा नयाँ फिचर ल्याउने भएको छ। एप्पलको वाचमा आउने यो सुविधामार्फत एप्पल वाचमा स्याटेलाइट कनेक्सन उपलब्ध हुनेछ। जसका कारण आपतकालीन अवस्थामा घडीबाट टेक्स्ट र एसओएस कल गर्न सकिन्छ।

एप्पल वाचमा आउने यो सुविधाले सेलुलर अर्थात् मोबाइल नेटवर्क नभएको क्षेत्रमा पनि आपतकालीन कल गर्न सक्नेछ।

ब्लूमबर्गको रिपोर्टका अनुसार कम्पनीले चाँडै नै आफ्नो स्मार्ट वेयरेबलमा यो आपतकालीन सुविधा ल्याउने भएको छ। यो फिचरले प्रयोगकर्ताको नाडीको सेन्सर पढेर आपतकालीन कल गर्न सक्नेछ।

यसअघि एप्पलले आईफोन १३ सिरिजको साथमा स्याटेलाइट कनेक्टिभिटी फिचर ल्याउन लागेको खबर आएको थियो। तर, नयाँ रिपोर्टका अनुसार यो फिचर आईफोन १४ सिरिजमा ल्याउन सक्नेछ। यस फिचरको सहायताले मोबाइल नेटवर्कविना पनि प्रयोगकर्ताका फोनबाट कलिङ र छोटो म्यासेजिङ गर्न सकिनेछ।

दुई भागमा सुविधाहरू ल्याउने तयारी

एप्पलले आपतकालीन अवस्थालाई ध्यानमा राख्दै आफ्ना डिभाइसहरूमा वैकल्पिक कनेक्टिभिटी सुविधा ल्याउने तयारी गरिरहेको छ। एप्पलले यो सुविधालाई दुई भागमा ल्याउने छ, जसमा आपतकालीन अवस्थामा आफ्नो मोबाइलमा भएका सम्पर्कहरूलाई सन्देश पठाउन सकिन्छ।

यो सुविधाले मोबाइल नेटवर्क नभएका क्षेत्रमा पनि काम गर्नेछ। यो सुविधा मेसेजेज एप भित्र रहेको ग्रे बबलमा फेला पर्नेछ।

दोस्रो भागमा, यो प्रणालीले प्रयोगकर्ताहरूलाई आपतकालीन अवस्थामा कार, डुङ्गा वा विमान दुर्घटनाको रिपोर्ट गर्न अनुमति दिनेछ। यो सुविधा मार्फत, प्रयोगकर्ताहरूले अधिकारीहरूलाई निश्चित जानकारी प्रदान गर्न सक्षम हुनेछन्। साथै, यो सुविधाले प्रयोगकर्ताहरूलाई उद्धार सेवा आवश्यक छ वा छैन भनेर पनि सोध्नेछ।

यद्यपि एप्पलले यी सुविधाहरूको बारेमा कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...