
काठमाडौं ।
चीनबाट तातोपानी नाका हुँदै विद्युतीय साझा बस भित्रन थालेका छन्। साझा यातयातले परीक्षणको रुपमा ल्याएको तीन ओटा विद्युतीय साझा बस तातोपानी भन्सार कार्यालयमा चेकजाँच गर्न थालिएको छ।
सो साझा बस परीक्षण सफल हुनासाथ बाँकी ३७ ओटा साझा बस सोही नाकाबाट ल्याउने तयारी रहेको बताइएको छ। चीनको उकालो सडकमा बिजुली बसको ‘ग्रेडेबिलिटि टेष्ट’ (उकालो तान्ने क्षमता) परीक्षण गरेपछि नेपाल ल्याइएको आयात गर्ने ‘दी गो’ कम्पनीले जनाएको छ।
सीएटचीसीएचओका बस नेपाल ‘दी गो’ ले आयात गरी बिक्री गर्न लागेको हो।
सो कम्पनीले प्रतिबस डेढ करोड रुपियाँमा खरिद गरी ल्याएको हो। पहिलो चरणमा ९ मिटर लामो बस किन्ने र त्यसपछि १२ मिटर लामा र अन्तरप्रदेश चल्ने बिद्युतीय बसहरु पनि नेपाल भित्र्याउने कम्पनीले जनाएको छ। २५ सिटभन्दा बढी क्षमताका बसहरु ल्याइने भएका छन् ।
सो बसहरुमा वाइफाई, टिभी डिस्प्ले, सिसी क्यामरा जडित छन्। अन्य सेवाहरु क्रमैसँग थप्दै जाने जनाइएको छ। सरकारले ९ पुस २०७५ मा तीनसय बिजुली बस सरकारी लागतमा खरिद गर्ने निर्णय गरेको थियो।गोरखापत्रअनलाइनबाट
प्रकाशित: २ बैशाख २०७९, शुक्रबार