इन्जिन सेन्सरमा खराबी हुँदा सुबारुका केही मोडलका गाडी ढुवानी स्थगित

  • Technology Khabar | ३ बैशाख २०७९, शनिबार
इन्जिन सेन्सरमा खराबी हुँदा सुबारुका केही मोडलका गाडी ढुवानी स्थगित

काठमाडौं ।

जापानको अटो कम्पनी सुबारु कर्पले इन्जिन सेन्सर प्रविधिमा खराबीका कारण आफ्ना तीन ओटा मुख्य अटोमोबाइल मोडलहरूको ढुवानी स्थगित गरेको छ। यसका साथै कम्पनीले ती मोडेलहरूको उत्पादन अस्थायी रूपमा रोक्ने योजना पनि बनाएको शुक्रबार जानकारी दिएको छ।

अटोमेकरले आफ्नो फोरेस्टर, आउटब्याक र लेभोर्ग मोडलहरूमा प्रयोग गरिएको सीबी१८ इन्जिनमा भएको सेन्सर प्रविधिमा समस्या पत्ता लगाएको एक प्रवक्ताले जानकारी दिएको रोयटर्सले रिपोर्ट गरेको छ। उनले थप विवरणहरू दिएका छैनन तर त्यो इन्जिनका साथमा मोडेलहरूको उत्पादन समयमै रोकिनेछ।

जापानमा अक्टोबर २०२० देखि उक्त इन्जिन भएका करिब ५४,००० कारहरू बिक्री भइसकेका छन् ।

प्रवक्ताले ढुवानी निलम्बनबाट प्रभावित कारहरूको संख्यामा टिप्पणी गर्न अस्वीकार गरेका छन्।

सुबारुले कारहरू फिर्ता बोलाउने कि नबोलाउने भन्ने निर्णय गरेको छैन र ढुवानी पुन: सुरु हुन २-१/२ महिना लाग्न सक्ने प्रवक्ताले भनेका छन्।

कम्पनीले सीबी१८ इन्जिन प्रयोग नगर्ने मोडलहरू उत्पादन र पठाउन जारी राख्नेछ।

उक्त सेन्सरको खराबीले इन्जिन सुरु हुन नसक्ने र ड्यासबोर्डमा फ्ल्यास हुने चेतावनी चिन्ह निम्त्याउने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ बैशाख २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...