
काठमाडौं ।
काठमाडौं, १५ मंसिर । ग्लोबल स्मार्टफोन ब्राण्ड ओप्पोलाई भारतमा आयोजित वल्र्ड मार्केटिङ कंग्रेस ग्लोबल ब्राण्ड एक्सिलेन्सि अवार्ड् २०१६ मा इमर्जिङ ब्राण्ड अवार्डद्वारा सम्मानित गरिएको छ । सन् २०१६मा सेल्फी एक्स्पर्ट स्मार्टफोनको सफल प्रमोशन तथा यूवा उपभोक्तासँग कायम गरेको उत्कृष्ट सम्बन्धका लागि ओप्पोलाई यो अवार्डद्वारा सम्मानित गरिएको कम्पनीले जानकारी दिएको छ । 
सम्मान स्विकार्दै ओप्पो ईन्डियाका ब्राण्ड डिरेक्टर विल याङ्ले अवार्डले उपभोक्ता माझ नवप्रबर्तन र उत्कृष्ट गुणस्तर पस्कने ब्राण्डको निरन्तर प्रयासलाई थप हौसला प्राप्त भएको बताए । ‘फोनले प्रदान गर्ने उत्कृष्ट क्यामेरा अनुभवका साथै गुणस्तरिय निर्माणका कारण विश्वबजारमा ब्राण्डले बेग्लै पहिचान बनाउन सफल भएको छ’, आफ्नो खुशी ब्यक्त गर्दै याङ्ले भने ‘यसलाई निरन्तरता दिँदै विश्वबजारमा उत्कृष्ट प्रिमियम ब्राण्डका रुपमा स्थापित हुने हाम्रो लक्ष्य हो ।’
प्रकाशित: १५ मंसिर २०७३, बुधबार