
काठमाडौं ।
नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले नयाँ वर्षको अवसरमा नयाँ लोगो अनावरण गरेको छ ।
यो नयाँ ब्राण्ड पहिचानले फुडमाण्डुको नयाँ विचारलाई सधै अघि ल्याउने इतिहासलाई निरन्तरता दिएको छ ।
यो रिब्राण्डीङ्गको उद्देश्य ब्राण्डलार्ई अझ रमाइलो, उज्यालो र हर्षका साथ अघि लग्दै फुडमाण्डुको नयाँ युगको सुरुवात गर्ने रहेको छ ।
“हामी हाम्रो मुल्य, मान्यता र उद्देश्यलाई धेरै महत्व दिन्छौँ । हाम्रो नयाँ पहिचानले यस भावना प्रतिबिम्बित गर्दछ भन्ने हाम्रो विश्वास छ।” फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने।
लोगोमा रहेको बाफको आकृतिले फुडमाण्डुको ग्राहकहरुले ताजा खाना खादाको खुसीको अनुभवलाई जनाउँछ।
नयाँ रंग छनोटका बारेमा फुडमाण्डुका ब्राण्ड र मार्केटिङ्ग प्रमुख श्याम रत्न माली भन्छन्, “पहेलो रंगलाई हामीले मुख्य ब्राण्ड रंगको रुपमा रोजेका छौँ। यसले उत्साह, खुशी, र उर्जालाई प्रतिनिधित्व गर्दछ। हाम्रो लागि पूरानो रंगहरु रातो र हरियोलाई छोड्ने निर्णय सजिलो थिएन तर परिवर्तनको सहि समय भएको हामीले महसुस गर्यौं।”
२०१० मा स्थापना भएको फुडमाण्डु नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फुड डेलिभरी कम्पनी हो। फुडमाण्डुले हाल काठमाडौं, ललितपुर, कीर्तिपुर, भक्तपुर र पोखराका ८०० भन्दा बढी रेस्टुरेन्टहरुबाट फुड डेलिभरी गर्दछ । यसरी नै फुडमाण्ड फ्रेशले ग्रोसरी डेलिभरी र फुडमाण्डु बारले पेय पदार्थ पनि डेलिभरी गर्दै आइरहेको जनाएको छ।
प्रकाशित: १ बैशाख २०७९, बिहीबार