नबिल बैंकद्वारा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु

  • Technology Khabar | ३० चैत्र २०७८, बुधबार
नबिल बैंकद्वारा क्यूआरमार्फत हुने कारोबारमा आधारित क्यासब्याक योजना सुरु

काठमाडौं ।

नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक गरेको छ।

नबिल बैंक र संयुक्त राष्ट्र पूँजी विकास कोषको सहकार्यमा आधारित ‘क्यूआर-कोडः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजना अन्तर्गत यो योजना सुरु गरिएको हो ।

विशेष गरी कोभिड–१९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवा उद्यमीहरूको प्रवर्द्धन गर्ने उदेश्यको साथ यो योजना सुरु गरिएको बैंकले जानकारी दिएको छ। यस परियोजनामा युवा भन्नाले संयुक्त राष्ट्र संघको परिभाषा अनुसार स्वामित्वमा व्यवसाय भएको १८ देखि २४ वर्षको उमेरका युवा उद्यमी रहेको बैंकले जनाएको छ।

सुरुमा एक हप्ताको लागि संचालन गरिने यस योजनामा महिला तथा युवा क्यूआर मर्चेण्टले गर्ने क्यूआर एवं महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने क्यूआर कारोबारमा ५ प्रतिशत वा अधिकतम प्रति कारोबार २०० रुपैयाँ र प्रति दिन प्रति मर्चेन्ट अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक प्रदान गरिनेछ । यो योजना २०७९ बैशाख १ गतेदेखि लागु हुने बैंकले जानकारी दिएको छ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १४६ शाखा, १८० एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार