घोषणापत्रका लागि सामाजिक संजालमार्फत सुझाब माग्दै नेपाली कांग्रेस

  • Technology Khabar | २९ चैत्र २०७८, मंगलवार
घोषणापत्रका लागि सामाजिक संजालमार्फत सुझाब माग्दै नेपाली कांग्रेस

काठमाडौं ।

नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन घोषणापत्रमा समेटने विषयहरुका लागि सामाजिक संजालहरुमार्फत सुझाब माग गरेको छ।

सरकारमा रहेको पार्टीले स्थानीय तहको घोषणापत्रमा समेटिनुपर्ने विषयहरुको बारेमा सर्वसाधारणलाई फेसबुक, मेसेन्जर, भाइबर, ह्वाट्सएपमार्फत आफ्नो सुझाबहरु पेश गर्न अनुरोध गरेको हो।

कांग्रेसले यस बाहेक टोल फ्रि नम्बरबाट पनि आफ्ना सुझाबहरु पार्टीलाई दिन सकिने जनाएको छ।

यसको लागि ९८५१३४२५५५ मा ह्वाट्सएप वा भाइबर गर्न तथा १६६००११५८८८ टोल फ्रि नम्बरमार्फत सुझाब पठाउन सकिने छ।

त्यस्तै फेसबुकमा नेपाली कंग्रेस इलेक्सन मेनिफेस्टो नामक पेजमार्फत पनि घोषणापत्रका लागि सुझाब दिन सकिने जनाएको छ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...