व्यासको छाङरु र तिङ्करमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व

  • Technology Khabar | २५ चैत्र २०७८, शुक्रबार
व्यासको छाङरु र तिङ्करमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व
दार्चुलाको छाङ्गरुस्थित नेपाल टेलिकमको टावर। फाइल तस्बिर।

काठमाडौं ।

दार्चुला जिल्लाको व्यासको छाङरु र तिङ्करमा पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्व भएको छ। नेपाल भारत सिमामा अवस्थित रहेको सो स्थानको स्काई टावर रहेको छाङरुमा हिमपातका कारण टेलिफोन सेवा अवरुद्व भएको हो।

गत मङ्सिरको हिमपातपछि छाङरुमा टेलिफोन सेवा बन्द भएको नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए।

‘नेपाल टेलिकमको स्काई टावर राखिएको क्षेत्रसम्म हिउँ नपग्लिएका कारण चैतसम्म जान सक्ने अवस्था रहेन’, गुरुङले भने, ‘हिउँ पग्लिदै जाँदा वैशाखपछि मात्रै फोन सेवा सञ्चालन गर्न सकिएला।”

सशस्त्र प्रहरीका लागि एन्टीसेटमार्फत जडान गरिएका दुई फोन लाइन भने सञ्चालनमा रहेको उनले बताए।

सञ्चार सेवा नहुँदा सशस्त्र प्रहरी पनि महिनौंसम्म सञ्चारबिहीन हुनुपरेको थियो। केही दिन पहिले कार्यालय प्रमुख गुरुङले आफैँ छाङरु पुगेर सशस्त्र प्रहरीको फोन लाइन सञ्चालन गरेको बताए। गोरखापत्रबाट

प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार