
काठमाडौं ।
गुगलले प्ले स्टोरमा म्याद गुज्रेका एन्ड्रोइड एपका लागि नयाँ नीति ल्याएको छ।
स्टोरमा भएका सबै एपले मुख्य एन्ड्रोइड अपडेट रिलिज भएको २ वर्षभित्र एपीआई लेभल लक्षित गरिएको हुनुपर्छ।
यस्तै तिनीहरु इन्स्टलेशनका लागि पनि उपलब्ध नहुने कम्पनीले आफ्नो एन्ड्रोइड डेभलपर ब्लगमा उल्लेख गरेको छ।
यसो गर्नुको मुख्य कारण यूजरहरुलाई सुरक्षा प्रत्याभूति नभएका पुराना एपहरु इन्स्टल गर्नबाट जोगाउनु रहेको कम्पनीले बताएको छ। यो नियम आगामी नोभेम्बर १ देखि लागू हुने इन्ग्याजेटले जनाएको छ।
हाल गुगलले नयाँ एप तथा अपडेटहरुलाई पछिल्लो एन्ड्रोइड अपडेट भर्सन रिलिज भएको १ वर्षभित्रै एन्ड्रोइड एपीआई लेभलको लक्ष्य पूरा गर्नुपर्ने मापदण्ड लागू गरेको छ।
यो नयाँ परिवर्तनले तत्काल अपडेट नभएका विद्यमान एपहरुलाई लक्षित गरेको बुझिएको छ। गुगले कुनै पुरानो डिभाइस चलाइरहेकाहरुलाई भने त्यस्ता एप खोज्न, पुन: इन्स्टल गर्न तथा तिनीहरुले सपोर्ट गर्ने एन्ड्रोइड भर्सनयुक्त कुनै पनि डिभाइसमा चलाउनका बाट रोक्दैन।
गुगलले अधिकांश एपहरुले यो आउँदै गरेको मापदण्ड पालन गरिसकेका बताएको छ।
यस्तै एउटा प्लेस्टोरमा समग्रमा २८ करोडभन्दा माथि एपहरु रहेकाले यो नयाँ नियमका बारेमा तीमध्ये थुप्रैले जानकारी पाउनु जरुरी रहेको कम्पनीलाई उद्धृत गर्दै इन्ग्याजेटले उल्लेख गरेको छ।
यसलाई पक्का नगरेकाहरुका हकम कम्पनीले डेभलपरहरुलाई जानकारी गराउँदै अपडेटका लागि कुनै साधन आवश्यक परेमा उपलब्ध पनि गराइरहेको बुझिएको छ।
प्रकाशित: २५ चैत्र २०७८, शुक्रबार