स्मार्टडोकोको नयाँ बर्षको अफर, विभिन्न ब्रान्डहरुमा ७१ प्रतिशतसम्मको छुट

  • Technology Khabar | २४ चैत्र २०७८, बिहीबार
स्मार्टडोकोको नयाँ बर्षको अफर, विभिन्न ब्रान्डहरुमा ७१ प्रतिशतसम्मको छुट

काठमाडौं ।

नयाँ बर्ष नजिकिँदै गर्दा नेपालको सबैभन्दा ठुलो अनलाईन किनमेल गन्तव्य स्मार्टडोको प्रस्तुत गर्दछ ‘नयाँ बर्षको अफर’।

स्मार्टडोकोले विभिन्न फेसन, इलेक्ट्रोनिक्स सामानहरु, घरायसी सामाग्रीहरु, स्वास्थ्य र सौन्दर्य ब्रान्डहरुमा ७१ प्रतिशतसम्मको विशेष कम्बो अफर र आकर्षक छुटहरु ल्याएको छ।

यो अफरमार्फत ग्राहकहरुले माछापुच्छ्रे बैंक र हिमालयन बैंकका क्रेडिट तथा डेबिट कार्ड प्रयोग गरी अनलाईन प्रि-पेमेन्टमा २० प्रतिशत (अधिकतम रु.५००) को अतिरिक्त क्यासब्याकको मजा लिन सक्नुहुनेछ।

यतिमात्र होइन, स्मार्टडोकोले ११३ भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार र गिफ्ट कार्ड दिनेछ। स्मार्टडोकोले ३ जना भाग्यशाली विजेताहरुलाई रु.३००० बराबारको स्मार्टडोकोको उपहार भौचर, ५० जना विजेताहरुलाई एक महिनाको निःशुल्क सोनी लिभ सब्स्क्रिप्शन, हरेक दिन साँझ ५ देखि राती ११ बजे भित्र किनमेल गर्ने ग्राहकहरुलाई आकर्षक उपहारहरु, रु २०० बराबरको सेलपे वालेट तथा ३ जना स्मार्टडोकोको गीभअवेको सहभागीलाई रु.१००० बराबरको गिफ्ट भौचर दिइनेछ।

स्मार्टडोकोसँग १० हजारभन्दा बढी उत्पादनहरु रहेका छन्। ग्राहककरुले १० फरक प्रकारका विभिन्न क्याटगरी जस्तै, कोभिड-१९ का लागि आवश्यक सामाग्री, फूड र ग्रोसरी, हेल्थ एण्ड व्यूटी, इलेक्टोनिक्स, होम एण्ड लिभिङ्ग, बेबी केयर र अन्य सामाग्रीहरु स्मार्टडोकोबाट खरिद गर्न सक्नुहुनेछ।

ग्राहकहरुले आफ्नो अर्डर स्मार्टडोकोको वेभसाईट वा एपमार्फत गर्न सक्नुहुनेछ, जुन एन्ड्रोइड र आईओएस एप्स दुवैमा उपलव्ध छ।

स्मार्टडोकोमा ग्राहकहरुले काठमाडौं उपत्यकाका र नेपालका ७७ जिल्लामा डेलिभरी सेवा प्राप्त गर्न सक्नुहुनेछ। यो अफर चैत्र २४ देखि चैत्र ३० सम्म लागू हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार