
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी सेवाका लागि परामर्शदातृबाट आशयपत्र आह्वान गरेको छ।
केन्द्रिकृत बायोमेट्रिकमा आधारित डिजिटल नो योर कस्टमर डिजिटलकेवाईसी डिजाइन, डेभलपमेन्ट/आपूर्ति, इन्टिग्रेशन, कार्यान्वयन, सञ्चालन र सहयोगका लागि योग्यता पुगेका परामर्शदातृसँग प्राधिकरणले आशयपत्र आह्वान गरेको छ।
यो परियोजनाको मुख्य उद्देश्य यसको नामजस्तै नेपाल दूरसञ्चार प्राधिकरणमा सेवा प्रदायकलाई आधिकारिकता सेवा प्रदान गर्न सिम रजिस्ट्रेशन तथा भेरिफिकेशन प्लेटफर्मका लागि डिजिटल केवाईसी प्रणालीको बायोमेट्रिकमा आधारित केन्द्रिकृत डिजिटल केवाईसी प्रणाली स्थापना गर्नु रहेको प्राधिकरणले जनाएको छ।
यस अन्तर्गत सबै पूर्वाधार, प्रशासनिक तथा प्राविधिक सहयोग पर्ने पनि जनाइएको छ। यो सिस्टमले इजाजातप्राप्त संस्था तथा नेपाल दूरसञ्चार प्राधिकरणबिच सुरक्षित सञ्चारको व्यवस्था पनि गर्नुपर्नेछ।
यसो गर्नुको उद्देश्य इजाजत प्राप्त संस्थाहरुले उपभोक्ताका संकलित तथ्याङ्क सहजरुपमा नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउन सकुन् भन्ने रहेको बुझिएको छ।
यो आशयपत्र यही अप्रिल २२ तारिख मध्याह्न १२ बजेभित्र www. bolpatra.gov.np/egp मा बुझाइसक्नु पर्नेछ।
प्राधिकरणले बोलपत्रका छनोटका लागि गुणस्तरलाई ४०, अनुभवलाई ५० र क्षमतालाई १० प्रतिशत अंकभार दिइको बताएको छ।
प्रकाशित: २४ चैत्र २०७८, बिहीबार