शाओमीको रेडमी सिरिजका दुई फोन बजारमा, यस्ता छन् विशेषताहरु

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
शाओमीको रेडमी सिरिजका दुई फोन बजारमा, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

शाओमीले रेडमी नोट ११ एस, र रेडमी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेडसहित यी नयाँँ फोनहरु बजारमा ल्याएको हो ।

शाओमीले यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एसओसिमा उल्लेखनीय सुधार गरेर फ्ल्यागशिप फोनको उपलब्धतालाई झनै सहज बनाएको छ । १०८ एमपीको प्राइमरी सेन्सर भएको यी फोनहरुमा जिवन्त र हाइ रेजोलुसनको तस्बिरहरु लिन मिल्छ।

साथै यसमा भएको ८ एमपिको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिनुको साथै २ एमपिको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै यसको २ एमपि डेप्थले पोर्ट्रेट फोटोहरुमा नेचुरल बोके इफेक्ट दिन्छ।

ट्रेन्डी फ्ल्याट एज बडी डिजाइन र आकर्षक डिस्प्ले भएको यी फोनहरुमा २ वटा लिनियर स्पिकरहरु छन् जसले भिडियोहरु हेर्दा र गेम खेल्दा इमर्सिभ स्टेरियो साउन्डको अनुभव दिन्छन् । रेडमी नोट ११ एस पोलार व्हाइट, होराइजन ब्लु, र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो ५जी ग्रेफाइट ग्रे, पोलर व्हाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ।

यी दुइवटै फोनहरु ६ जीबी १२८ जीबी र ८ जीबी १२८ जीबीको स्टोरजमा नेपाल भरीका अनलाइन र रिटेलमा चैत २७ गतेदेखि उपलब्ध हुनेछन् ।

रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५जी को मुल्य नेपाली बजारमा क्रमशः २९ हजार ९९९ रुपैयाँदेखि ३९ हजार ९९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार