ह्वाट्सएपले ल्याउँदैछ नयाँ नियम, फर्वार्ड गरिएको म्यासेज एकभन्दा बढी ग्रुपमा पठाउन नपाइने

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
ह्वाट्सएपले ल्याउँदैछ नयाँ नियम, फर्वार्ड गरिएको म्यासेज एकभन्दा बढी ग्रुपमा पठाउन नपाइने

काठमाडौं ।

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ-नयाँ फिचरहरू ल्याइरहेको छ। यसै सिलसिलामा व्हाट्सएपले समूह च्याटमा सन्देशहरू फर्वार्ड गर्ने सीमा सेट गर्न काम गरिरहेको छ। यो अपडेट एन्ड्रोइड र आईओएसका लागि ह्वाट्सएप बिटामा देखिएको छ। यसले फर्वार्ड गरिएका सन्देशहरूलाई समूह च्याटहरूमा फर्वार्ड हुनबाट रोक्छ। यसको उद्देश्य गलत सूचना फैलाउन रोक्नु रहेको बताईएको छ।

रिपोर्टहरूका अनुसार, ह्वाट्सएपले स्पामिंग कन्ट्याक्स्ट सीमित गर्न नियम ल्याउँदैछ, जस अन्तर्गत फर्वार्ड गरिएका सन्देशहरू एक पटकमा एक भन्दा बढी समूहमा फर्वार्ड गर्न सकिँदैन। यो एन्ड्रोइड र आईओएसमा व्हाट्सएप बिटामा देखिएको छ।

डब्लूएबिटाइन्फो रिपोर्टको स्क्रिनसटले बताएअनुसार फर्वार्ड गरिएका सन्देशहरू केवल एउटै समूह च्याटमा पठाउन सकिन्छ। यदि प्रयोगकर्ताले एक भन्दा बढी समूहमा सन्देश फर्वार्ड गर्न चाहन्छ भने, उसले प्रत्येक पटक च्याटमा गएपछि टेक्स्ट चयन गर्न आवश्यक छ। जसलाई म्यासेज पठाउनु पर्ने हो, उसैलाई म्यासेज फर्वार्ड गर्नुपर्नेछ।

विशेष कुरा यो हो कि यस अवधिमा प्रयोगकर्ताले मल्टिपल सेलेक्शनको विकल्प पाउने छैनन्।

ब्राजिलमा, यो सुविधा तीन वर्ष पहिले प्रस्तुत गरिएको थियो। त्यहाँ यो सुविधाले एक पटक फर्वार्ड गरिएको सन्देशलाई एक भन्दा धेरै पटक फर्वार्ड गरिएको सन्देशसँग अलग गर्दछ। सन्देशहरूलाई  ५ ओटा च्याटहरूसम्म सेयर गर्न सकिन्छ। ह्वाट्सएपले यो प्रतिबन्ध फेक न्यूज र स्पाम विरुद्ध लड्न ल्याएको हो। धेरै तत्वहरूले यो प्लेटफर्म अफवाह फैलाउन, झूट प्रचार गर्न र अशान्ति फैलाउन प्रयोग गर्नसक्ने रिपोर्टमा भनिएको छ।

नयाँ नियमहरू केही एन्ड्रोइड बिटा परीक्षकहरूका लागि रोल आउट गरिएको छ। चाँडै नै यो नयाँ व्हाट्सएप अपडेटमार्फत पूर्वनिर्धारित रूपमा सबैका लागि ल्याइनेछ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २३ चैत्र २०७८, बुधबार