प्रोजेक्ट कुइपर स्याटेलाइट कन्स्टेलेशनका लागि अमेजनद्वारा ब्लू ओरिजिन चयन

  • Technology Khabar | २३ चैत्र २०७८, बुधबार
प्रोजेक्ट कुइपर स्याटेलाइट कन्स्टेलेशनका लागि अमेजनद्वारा ब्लू ओरिजिन चयन

काठमाडौं ।

अमेजनले आफ्नो प्रोजेक्ट कुइपर स्याटेलाइट कन्स्टेलेशका लागि ब्लू ओरिजनको न्यू ग्लेनलाई चयन गरेको छ।

अमेजनको न्यू ग्लेनलाई १२ ओटा स्याटेलाइट प्रक्षेपणका लागि चयन गरेको र त्यसमा अन्य १५ ओटा स्याटेलाइट पनि थपिन सक्ने बताएको छ।

प्रोजेक्ट कुइपरको ३ हजार २३६ अत्याधुनिक स्याटेलाइटको कन्स्टेलेशन विश्वभर उच्च गति तथा कम लेटेन्सीयुक्त ब्रोडब्याण्ड सेवा दिने उद्देश्यले स्थापना गर्न लागिएको ब्लूओरिजिन डट कमले उल्लेख गरेको छ।

यो प्रक्षेपण केप क्यानाभेरल स्पेस फोर्स स्टेशनमा रहेको लञ्च कम्प्लेक्स ३६ बाट ५ वर्षको  अवधिमा प्रक्षेपण गरिसक्ने योजना बनाइएको छ। लञ्च कम्प्लेक्स ३६ ब्लू ओरिजिनले जमिनबाट केही माथि उठाएर बनाएको प्रक्षेपण केन्द्र हो।

न्यू ग्लेन एउटा हेभि-लिफ्ट प्रक्षेपण यान हो जुन विशेष गरी लो अर्थ अर्बिटमा महत्वपूर्ण वजन पठाउन प्रयोगमा ल्याइन्छ।

प्रकाशित: २३ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २३ चैत्र २०७८, बुधबार